6 years ago
November 20, 2018
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ तेस्रो साताबाट फाप्ला क्रिकेट मैदानमा सुरु हुँदै छ ।
प्रतियोगिता सूरुहुनु अघि आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा हाल यू–१९ टिमका प्रमुख प्रशिक्षक विनोद दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियूक्त गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दासलाई नियुक्त गरेको जानकारी गराएको छ ।दासको नियुक्तिसँगै डीपीएलले थप उचाई लिने विश्वास गरेको एकेडेमीका अध्यक्ष सुवाश शाहीले विज्ञप्तिमा ब्यक्त गरेका छन् ।
दासले यसअघि पनि एभरेष्ट प्रिमियर लिगमा सोहि भूमिकामा रहेर जिम्मेवारी वहन गरिसकेका छन् । पोखरा प्रिमियर लिगको विजयी टोली पोखरा पल्टनका प्रशिक्षक रहेका दासले डीपीएलको अघिल्लो संस्करणमा महेन्द्रनगर युनाइटेडमा थिए । उनले यस पटकको एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ को प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]