default_image

6 years ago

November 20, 2018

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

87 views

0 Bookmark

काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको छ।

इस्लामावाद चलि रहेको ड्राफ्टमा लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो । तर कति मुल्यमा भन्ने आधिकारीक रुपमा खुलेको छैन । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ ।

इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्लीबाट ब्यबसायीक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२० क्यानडा,क्यारेवियन प्रिमियर लिग,अफगानिस्तान प्रिमियर लिग हुदैँ बीग ब्यासमा अनुबन्ध भई सकेका छन् । अक्सनमा सोमपाल पनि रहेका छन् ।

 

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.