6 years ago
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण मंसिर २२ देखी सुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि यूएईका तीव्र गतिका बलर तथा अलराउण्डर मोहम्मद नाविदले भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।
शरद भेषवाकरले कप्तानी गरिरहेको भैरहवा गत संस्करणको उपविजेता टोली हो । एक महिनाअघि शरदकै कप्तानीमा नाविद पोखरा पल्टनबाट पीपीएल खेलेका थिए । नाविदले पीपीएलमा पोखरालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरे । उनले ५ खेलमा ७ विकेट लिनुको साथै ८३ रन प्रहार गरेका थिए ।
ईपीएलमा हरेक टिमले तिन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । गत सिजन भैरहवाको बिदेशी खेलाडीको रुपमा पुनित मिश्रा र प्रथम सालुङ्केलाई खेलाएको थियो । यस वर्ष यी दुई खेलाडी खेल्ने वा नखेल्ने भन्ने घोषणा गरेको छैन । भैरहवा कप्तान शरद भेषावकरसँगै आरिफ शेख, प्रदिप ऐरि, भुवन कार्की, रोहित कुमार पौडेल, कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु रहेका छन् ।
भैरहवालेयस वर्ष सागर ढकाललाई टिममा अनुवन्ध गर्दा अभिनाश बोहोरालाई रिलिज गरेको छ । मंसिर २३ मा पोखरा राइनोजसँग खेल्दै भैरहवा ग्याडिएटर्सले ईपीएलमा सुरुवात गर्ने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]