6 years ago
November 19, 2018
काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण डिसेम्बर ८ गते देखी २२ सम्म टीयू क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक भएको छ ।
१५ दिन सम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने छन् । तालिका अनुसार डिसेम्बर ८ मा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर र पारस खड्काले नेतृत्व गरेको विराटनगर वारियर्सबीच उद्धघाटन खेल हुने छ । ६ टोली सहभागिता रहेको खेलमा समहु चरणमा एक टोलीले अर्को टोलीसँग खेल्नुपर्ने हुन्छ । शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् ।
पहिलो क्वालिफायरमा डिसेम्बर १८ मा हुने छ । समुह चरणको खेल सकिएपछि अंक तालिकाका शिर्ष दुई टोली क्वालिफायर खेल खेल्ने छन् । विजेता टोलीले फाइनलमा सिधै स्थान बनाउने छ । तेस्रो र चौथो स्थानमा रहेका टिमले एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ । जुन १९ डिसेम्बरमा हुने छ । एलिमिनेटरको खेलमा विजेता टोलीले फाइनल प्रवेशको लागि २० डिसेम्बरमा क्वालिफायर १ मा पराजित टोलीसँग खेल्ने छ । फाइनल खेल २२ डिसेम्बरमा हुने ।
खेल सबै टीयू मैदानमा हुने छन् । उद्धघाटन, क्वालिफायर, एलिमेनटर फाइनल खेल १ बजे पछि हुने छन् । समुह चरणका खेलमा विहान ९ र दिउँसो १ वजे हुने छन् ।
यस्तो छ इपीएलको खेल तालिका :
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]
March 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले ५ विकेट लिएसँगै प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले कोशीलाई सहजै हराएको छ। दाङमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमा समेटियो । कोशीका लागि अइस […]
March 22, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आज सुरु हुँदैछ। पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यो सिजन केकेआरको कप्तानी अजिंक्य रहाणे ले गर्नेछन् । आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदार लाई दिइएको छ। झन्डै दुई महिना […]