6 years ago
November 18, 2018
एजेन्सी – भारतीय क्रिकेट टोलीले अस्ट्रेलियासँग समान तीन टी–२०, वान डे र चार टेस्ट श्रृंखला खेल्दै छ । आगमी २१ नोभेम्बरमा पहिलो टी–२० क्रिकेट खेल्दै भारतले अस्ट्रेलिया भ्रमण सुरुवात गर्ने छ ।
टी–२० क्रिकेट श्रृंखला सुरुहुनु अघि भारतीय क्रिकेट टोली र रोहित शर्मालाई आफ्नो नाममा रेकर्ड बनाउन सक्ने सुनौलो अवसर रहेको छ । बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्ध खेपी रहेका पुर्व कप्तान स्टिभ् स्मिथ र डेविड वार्नर टिम बाहिर हुदाँ अस्ट्रेलिया ४० बर्ष यताकै खराव अवस्थामा रहेको छ ।
भारतले अहिले सम्म अस्ट्रेलियामा टेस्ट श्रृंखला जित्न सकेको छैन । यस पटक वार्नर र स्मिथ नहुनुको फाइदा उठाउदै भारतले टेस्ट श्रृंखला जिते नयाँ इतिहास रच्ने छ । टिम इन्डियाको मात्र होइन ओपनर तथा सिमित ओभरको खेलमा राजा मानिने रोहित शर्मालाई पनि टी– २० श्रृंखलामा नयाँ विश्व रेकर्ड बनाउने राम्रो अवसर छ ।
आईसीसी अन्तर्राष्ट्रिय टी – २० क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्न रोहित शर्मा अव मात्र ६५ रन देखी टाढा रहेका छन् । टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने शिर्ष स्थानमा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टील रहेका छन् । गुप्टीलले ७५ खेलमा २ हजार २ सय ७१ रन बनाएका छन् । रोहितले ८७ खेलमा २ हजार २ सय ७ रन बनाई सकेका छन् ।
रोहितले अस्ट्रेलिया भ्रमणमा तीन टी–२० श्रृंखलामा ६५ रन बनाउन सके टी– २० क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्ने छन् । त्यस्तै रोहित अव टी–२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्न मात्र ८ छक्का देखी टाढा रहेका छन् । उनले आफ्नो टी– २० करियरमा कुल ९६ छक्का प्रहार गरि सकेका छन् ।
रोहित भन्दा अघि क्रिस गेल र मार्टिन गुप्टीलले समान १ सय ३ छक्का प्रहार गरेको रेकर्ड रहेको छ । अव ८ छक्का प्रहार गरे रोहित सर्वाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्ने छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]