6 years ago
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पाँचपोखरी क्रिकेट क्लबले क्रिकेट क्लब बाह्रबिसेलाई ५ विकेटले पराजित गर्दै दोस्रो जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै विजेता टोलीले ५० हजार रुपैयाँ हात पार्यो ।
फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको बाह्रबिसेले ५ ओभरमा ७ विकेट गुमाउँदै ३६ रन जोडेको थियो । बाह्रबिसेलाई कम योगफलमा समेट्न विजय धितालले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । बाह्रबिसेका राकेश श्रेष्ठले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
जवाफमा पाँचपोखरीले २ विकेट गुमाउँदै तेस्रो ओभरमा लक्ष्य प्राप्त गर्यो । राजु धितालले १३ रनको योगदान दिंदा पवन श्रेष्ठले १ ओभरमा २३ रन खर्चेर १ विकेट हात पारे । खेलको म्यान अफ द म्याच पाँचपोखरीका विजय धिताल भए ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अवधिभर १ सय ४२ रन जोडेका भोत्लाङ क्रिकेट क्लबका रमेश तामाङ उत्कृष्ट ब्याट्सम्यान तथा १० विकेट लिएका पाँचपोखरीका अजय धिताल उत्कृष्ट बलर भए । म्यान अफ द सिरिज विजय धिताल भए । उनले ९२ रन जोड्दै ९ विकेट हात पारे । व्यक्तिगत विजेता सबैले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीमा १ वर्ष निशूल्क प्रशिक्षण पाउने छन् । थाङपाल धाप क्रिकेट क्लबका सार्थक धिताल एमर्जिङ प्लेअर बने ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]