6 years ago
November 18, 2018
एजेन्सी – दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इङ्ल्यान्डले तीन टेस्ट क्रिकेट श्रृंखला एक खेल अगावै २-० ले जितेको छ ।
पाँचौ दिन ३० मिनेट भित्र श्रीलंकाले ३ विकेट गुमाएपछि १७ वर्षपछि श्रींलकामा इङ्ल्यान्डले सिरीज जितेको हो । श्रीलंकाले १७ वर्षपछि श्रृंखला गुमाएन मात्र टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक दुर्लभ रेकर्ड समेत बन्यो । श्रीलंका र इङ्ल्यान्डबीच चार पारीमा कुल ४० विकेटको पतन भयो । जस्मा ३८ विकेट स्पिनर बलरहरुको नाममा रह्यो । यो टेस्ट क्रिकेटको इतिहासमा स्पिनरहरुले लिएको सबैभन्दा धेरै विकेट हो । यस अघि भारत र न्युजिल्यान्डबीच सन् १९६९–७० मा स्पिनरहरुले ३७ विकेट लिएका थिए ।
पहिलो इनिङ्समा इङ्ल्यान्डले २ सय ९० रन बनायको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाउदै ४६ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा कप्तान जो रुटको १ सय २४ रनको उत्कृष्ट शतकीय पारीमा इङ्ल्यान्डले ३ सय ४६ रन बनाउन सक्यो ।
सम्रगमा श्रीलंकाले ३ सय १ रनको लक्ष्य पक्ष्याएको थियो तर २ सय ४३ रनमा अल आउट हुन पुग्दै १७ वर्षपछि इङ्ल्यान्डबीरुद्ध श्रृंखला गुमाउन पुगेको हो । पहिलो टेस्ट खेलमा इङ्ल्यान्ड २ सय ११ रनले विजयी भएको थियो । अन्तिम टेस्ट खेल २३ नोभेम्बर देखी सुरु हुने छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]