default_image

6 years ago

November 17, 2018

टी–१० लिगका लागि सन्दीप यूएई जाँदै

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिग खेल्ने भएको छ ।

२१ नोभेम्वरबाट शुरु हुने टी–१० लिगका लागि सन्दीप आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्नेछ ।

पछिल्लो एक वर्षमा सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो । सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् ।

लिगमा कुल ८ टिम सहभागिता रहेको छ । मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । लिगको खेल १० ओभरको हुनेछ ।

यसबीच सन्दीप लामिछानेलाई थाइ सुट फिट्स प्राइभेट लिमिटेडले शनिबार ब्रान्ड एम्वासडरमा नियुक्त गरेको छ । उनलाई थाइ सुटले एक वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । सम्झौतामा सन्दीप र थाइ सुटका सिइओ ओमभक्त योगीले हस्ताक्षर गरे । सम्झौता रकम खुलाइएको छैन ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.