9 years ago
March 21, 2016
काठमाडौं, चैत ८
आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली यू–१९ क्रिकेट टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार एक कार्य युवा तथा खेलकुद मन्त्रालयले १७ सदस्यीय खेलाडी र ६ अफिसियललाई नगदसहित सम्मानित गरेको हो । सरकारले विश्वकप र छनोटमा टिममा रहेका खेलाडीलाई जनही १ लाख ५० हजार नगदबाट सम्मानित गरेको हो । यस्तै विश्वकप खेल्ने टिममा नपरेको तर छनोट चरणमा टिममा परेका खेलाडी नगद ५० हजारबाट सम्मानित भए । विश्वकप खेल्नेले १ लाख रुपैया प्राप्त गरे ।
सोही अवसरमा सरकारले अल्ट्रा धाविका मिरा राई र शारीरिक सुगठनका खेलाडी रोजेश शाहीलाई पनि नगद १ लाखसहित पुरस्कृत गरे ।
सम्मानित हुने खेलाडीमा कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सन्दिप सुनार, दिपेन्द्र ऐरी, प्रेम तामाङ, सुनिल धमला, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की र ललित नारायण राजवशी छन् । त्यस्तै अन्य सदस्यमा कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप, लामिछाने, सौरभ खनाल, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे छन् । अफिसियलमा टिममा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षकमा बिनोद दास छन् ।
माघ १३ देखि फागुन २ गतेसम्म चलेको प्रतियोगितामा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यसक्रममा नेपालले न्युजिल्यान्ड जस्ता टेस्ट राष्ट्रलाई हराएपनि क्वाटरफाइनलमा आयोजक बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]