default_image

6 years ago

November 16, 2018

रुस्लान डीपीएल माघ तेस्रो सातादेखी सुरु हुने

68 views

0 Bookmark

काठमाडौँ – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ १९ देखी फगुन ४ सम्म हुने भएको छ । यस पटक डीपीएलका खेल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरु हुने भएका छन् ।

यसअघि हुँदै आएको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पीक मैदानको रुपमा मात्र प्रयोग गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । डीपीएलको मुख्य प्रायोजक रुस्लान रहेको छ । रुस्लानका चीफ फाइनान्स अफिसर सतीस कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रुस्लानले डीपीएललाई १ करोड १० लाख रुपैया दिने छ ।

प्रतियोगिताको कुल लगात खर्च ५ करोड रहेको एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए । पत्रकार सम्मेनलमा बोल्दै अध्यक्ष शाहीले अव नेपालले विश्वकप जित्ने सपना देख्नुपर्ने बताए । डीपीएलमा ६ शहरमा ६ टिम रहेका छन् । प्रतियोगिताका लागि सीबाईसी अत्तरिया, बिराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी रहेका छन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ ।

लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । रुसलान डीपीएलमा कुल १९ खेल हुनेछन् । गत वर्ष विजेताले २५ पाएको थियो । गत बर्ष आयोजक धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउदै उपाधि जितेको थियो । तेस्रो संकरणको लागि पुरस्कारको घोषणा गरिएको छैन ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर मुल्य पनि तोकिएको छ । लिग चरणमा रु५०, प्लेअफमा रु.७० र फाइनलमा रु.१०० तिर्नुपर्ने छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने बताइएको छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.