6 years ago
November 15, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सरस्वती मावि र लिटिल बुद्धले जित हासिल गरेका छन् ।
पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गर्यो । भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष पनेरुले अविजित १० रनको योगदान दिए ।
त्यसअघि ब्याटिङ गरेको भक्तपुर निस्ट स्कुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ द म्याच सरस्वतीको आयुव चन्द भए । प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय भएपछि भक्तपुर निस्ट प्रतियोगिताबाट बाहिरिएको छ।
दोस्रो खेलमा लिटल बुद्ध एकेडेमी कञ्चनपुरले एबिसी आवसीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। लिटल बुद्धका कप्तान तथा नेपाली अन्डर–१९ टोलिका सदस्य सन्दिप जोराले उत्कृष्ट प्रदर्शन गरे । लिटल बुद्धले जितको लागि दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा एबिसी १४ दशमलव ४ ओभरमा मात्र १ सय ५ रनमै समेटियो । एबिसीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लिटल बुद्धका हेमन्त कार्किले ४ , रोचक ऐरले २, पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १-१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको लिटल बुद्धले सन्दिप जोरा र सुशील खड्काको अर्धशतकिय पारीको मदतले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान जोराले नटआउट ८३, खड्काले ४४ बलमा ५४ र कमल सिंह ऐरिले अविजित १६ बलमा ३२ रन बनाए । लिटल बुद्धका कप्तान सन्दिप जोरा खेलको म्यान अफ द म्याच घोषित भए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]