6 years ago
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो ।
आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा सबै घरेलु प्रतियोगिता आइसीसीलेनै हेर्दै आएको छ । यो मान्यतासँगै अब सबै टीमले विदेश खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको छ ।
ईपीएलले यसपटक लिगमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडी आउने जनाएको छ । आयरल्यान्डका केभीन ओ ब्राएन, हङकङका बाबर हायात, जिम्बाब्वेका सिकन्दर राजा, स्कटल्यान्डका काइल कोट्जर, यूएईका मोहमद नविद लगायतका प्रख्यात खेलाडी यसपटक ईपीएलमा खेल्ने चर्चा चलेको छ । आईसीसीको मान्यता पाएसँगै अब सबै खेलाडीले सम्बन्धित राष्ट्रको बोर्डको एनओसी (नो अब्जेक्सन लेटर) प्राप्त गरेमा यी खेलाडी ईपीएल खेल्नेछन् ।
ईपीएल मात्र होइन धनगढी प्रिमियर लिग (डीपएिल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले सोहि रकम तिर्दै आईसीसीको मान्यता पाएका थिए । विदेश खेलाडी खेलाउन आईसीसीको मान्यता अनिवार्य हुनुपर्छ । एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् । गत बर्ष भैरहवालाई १ रनले हराउदै विराटनगरले उपाधि जितेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]