default_image

6 years ago

November 13, 2018

४० वर्षयताकै खराब अवस्थामा अष्ट्रेलिया क्रिकेट टिम !

53 views

0 Bookmark

एजेन्सी – नोभेम्बर २१ देखी भारत र अस्ट्रेलियाबीच ३ टी– २०, चार टेस्ट र ३ वान डे खेलको श्रृंखला हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट जगतमा इतिहास हेर्ने हो भने अष्ट्रेलिया र भारतका क्रिकेट खेलाडी तथा फ्यानबीच राम्रो सम्बन्ध देखिदैन ।

सिरिज सुरु हुनुभन्दा केहि साता अगाडीनै अष्ट्रेलियाले घरेलु मैदानमा साख जोगाउन सक्ला वा नसक्ला भन्ने विश्लेषण अहिले चलिरहेको छ । एक वर्षअघि भारत र अष्ट्रेलियाबीचको खेलमा जित र हारको विश्लेषण गर्न विश्वका नाम चलेका जो कोहि क्रिकेट विश्लेषकले सजिलै भन्न सक्दैनथे । अनुमान लगाउन निकै मुश्किल हुने गर्दथ्यो । तर अहिले जो कोहि क्रिकेट विश्लेषकले पनि सहजै अनुमान लगाउछन् । एक बर्षमा भारत र अस्ट्रेलियाबीचको क्रिकेट टिममा धेरै फरक आएको देखिन्छ । अष्ट्रेलिया अहिले खराब प्रर्दशनमा गुज्रिरहेको छ ।

गर्त मार्चमा साउथ अफ्रिकासँगको तेस्रो टेस्ट दौरानमा तत्कालिन कप्तान स्टिभ् स्मिथ र उपकप्तान डेविड वार्नर बल टेम्परिङ काण्ड गरेको पुष्टि भएसँगै दुवै खेलाडीले एक बर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध अहिले खेपिरहेका  छन् । स्मिथ र वार्नरलाई एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अष्ट्रेलियन बोर्डको निणर्य यति सम्म घातक बन्यो की सन् २०१८ वर्ष अष्ट्रेलिया क्रिकेट टिम, बोर्ड, फ्यान र शुभ चिन्तकले सम्झन चाहदैनन् । र कहिले प्रतिवन्ध फुकुवा होला भन्ने आतुर र कौतहलमा रहेका छन् ।

वार्नर र स्मिथ टिम बाहिर रहेपछि अष्ट्रेलिया क्रिकेट टिमले ४० बर्ष यताकै खराब प्रर्दशन गरेको छ । सन् २०१८ मा १३ अन्तर्राष्ट्रिय वान डे खेलमा अष्ट्रेलियाले २ खेलमा मात्र जित निकालेको छ । अन्य सबै खेलमा पराजित भएको छ । चार देशसँग वान डे श्रृंखला खेल्दा कुनै पनि श्रृंखला जित्न सकेन । अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डसँग २–०, इङ्ल्यान्डसँग ५-०, भारतसँग ४ -१ र साउथ अफ्रिकासँग २ -१ ले श्रृंखला गुमाएको छ । निराशाजनक प्रर्दशन निरन्तर जारी छ ।

विदेश भुमीमा अस्ट्रेलिया जितविहीन बनेको छ । सन् २०१५ को विश्वकप विजेता टोली अस्ट्रेलिया यस अघि सन् १९७८ यस्तै खराब प्रर्दशनबाट गुज्रिएको थियो । त्यस वर्ष जम्मा दुई अन्तर्राष्ट्रिय वान डे खेल खेलेको अस्ट्रेलियाले एक खेल जितेको थियो ।

अस्ट्रेलियाको कहिलेसम्म खराब प्रर्दशन ?

संभवत वार्नर र स्मिथ टिममा नफर्केसम्म अस्ट्रेलिया क्रिकेट टिमले राम्रो प्रर्दशन गर्ने कुनै लक्षण देखिंदैन । यी दुई खेलाडीको अभाव हरेक खेलमा अष्ट्रेलियाले महशुस गरिरहेका छ । अभाव महसुस हुन नदिने गरि कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न अहिलेसम्म सकिरहेका छैनन् । मार्चमा प्रतिबन्ध खेपी रहेका यी दुई खेलाडीले अप्रिलदेखि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छन् ।

प्रतिबन्ध फुकुवासँगै मे ३० देखी इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपको लागि दुवै खेलाडी अभ्यासको सामेल हुने छन् । यी दुबै खेलाडीको पुनरागमनसँगै अस्ट्रेलियाले विश्वकप देखि राम्रो प्रर्दशन गर्न सक्छ कि भन्ने अनुमान लगाउन सकिन्छ ।

September 22, 2024

अघिल्लो खेलको टोलीलाई निरन्तरता

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]

September 22, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक […]

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

Success

Thank you for your time.