6 years ago
November 13, 2018
एजेन्सी – बंगलादेशका विकेट किपर मुशफिकुर रहिमले सोमबार टेस्ट क्रिकेटमा नयाँ इतिहास रचे । जिम्बाब्वेविरुद्ध दोहोरो शतक प्रहार गरेका उनले दोहोरो शतक मात्र प्रहार गरेनन् विश्व क्रिकेटमा नयाँ रेकर्ड पनि बनाए ।
दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पुरा गर्दै विश्व टेस्ट क्रिकेटमा दोहोरो शतक दोस्रो पटक प्रहार गर्ने पहिलो विकेट किपर बने । यसअघि उनले श्रीलंकासँग सन् २०१३ मार्च ८ तारिखमा टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका थिए । भारत ,न्युजिल्यान्डका र श्रींलकाका पुर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनी,ब्रेन्डन म्याकुलम र कुमार संगाकारा लाई मात्र पछि पारेनन् टेस्ट क्रिकेटमा यी ५ नयाँ रेकर्ड पनि बनाए ।
१ – बंगलादेशका लागि रहीमले टेस्ट खेलमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने रेकर्ड कायम रहेका छन् । ४ सय २१ बलमा १८ चौका र १ छक्का प्रहार गर्दै २ सय १९ रनमा नट आउट रहेका रहीमले बंगलादेशका सकिव अल हसनलाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् । यस अघि सन् २०१७ जनवरीमा सकिबले न्युजिल्यान्डविरुद्ध बनाएको २ सय १७ रन नै बंगलादेशका ब्याटम्यानले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर रहेको थियो ।
२ – रहीम विश्व टेस्ट क्रिकेटमा दोस्रो पटक दोहोरो शतक प्रहार गर्ने पहिलो विकेट किपर ब्याटम्यान बनेका छन् । यस अघि महेन्द्र सिंह धोनी, ब्रेन्डन म्याकुलम ,कुमार संगाकाराका लगायत अन्य ४ विकेट किपर ब्याटम्यानले दोहोरो शतक एक पटक प्रहार गरेका थिए । कुमारले दोस्रो दोहोरो शतक प्रहार गरेपनि विकेट किपरको भुमिका निर्वाह गरेको बेला एक पटक मात्र दोहोरो शतक कटाएका थिए ।
३ – बंगलादेशका लागि कुनै पनि ब्याटम्यानले टेस्ट क्रिकेटमा यस अघि बढि बलको सामना गरेको ४ सय १७ मात्र थियो । जुन मोहम्मद अशरफुलले सन् २०१३ मा श्रींलकाबीरुद्ध सामना गरेका थिए । तर रहीमले सोमबार ४ सय २१ बलको सामना गर्दै सर्वाधिक बलको सामना गर्ने ब्याटम्यान बने ।
४ – २ सय १९ रनमा नट आउट रहनको लागि रहीम मैदानमा ५ सय ८९ मिनेट मैदानमा रहे । जुन बंगलादेशका लागि पहिलो इनिङ्समा सर्वाधिक समय मैदानमा बस्ने रेकर्ड पनि बन्यो । यस अघि अमीनुल इस्लामको नामा ५ सय ३५ मिनेट सर्वाधिक रहेको थियो । जुन रेकर्ड १८ बर्ष अगाडीको थियो ।
५ – सन् २०१८ मा रहीमले बनाएको २ सय १९ रन सर्वाधिक टेस्ट रन हो । यस अघि श्रींलकाका कुशल मेन्डिशको नामा १ सय ९६ बंगलादेशबीरुद्ध बनाएको यो बर्षको उच्च स्कोर रहँदै आएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]