default_image

6 years ago

November 12, 2018

जोन्टीले युथ क्रिकेटरलाई विशेष प्रशिक्षण दिने

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स १० दिने विशेष प्रशिक्षण दिन नेपाल आएका छन् । नेपाल क्रिकेट स्कुल (एनसिएस) र स्पोर्ट्स एड प्रालिको आयोजनामा हुने ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

बुधबारबाट सुरु हुने खुला प्रशिक्षण क्याम्पसँगै रोड्सले यू–१६, यू–१७, यू–१९ का साथै सिनियर राष्ट्रिय टिमका खेलाडीहरुलाई पनि विशेष प्रशिक्षण दिनेछन् । त्यसअघि मंगलबार नेपाली प्रशिक्षकका लागि एक दिने कार्यशाला राखिएको आयोजकले बताएको छ । रोड्सले नेपालमा आएर प्रशिक्षण दिन पाएकोमा एकदमै खुसी लागेको बताए । ‘म नेपालमा आएको छु । अन्य देशमा जस्तै नेपालमा पनि थुप्रै प्रतिभाहरु छन् । उनीहरुको पहिचान हुन मात्र नसेकेको हो । खेलाडी पहिचान र नयाँ खेलाडी उत्पादन गर्न यो प्रशिक्षण क्याम्प फलदायी हुन सक्छ । दश दिनमा के उपलब्धि हुन्छ त्यो त म भन्न सक्दीन तर नयाँ प्रतिभा र राम्रा खेलाडी अवश्य देखिनेछन्, ’ जोन्टीले पत्रकार सम्मेलनमा भने ।

इन्डियन प्रिमियर लिग (आइपिएल) टोली मुम्वई इण्डियन्समा ९ वर्ष सहायक प्रशिक्षकको रुपमा काम गरेका ४९ बर्षीय रोड्सलाई प्रशिक्षण क्याम्पमा अफगानिस्तान तथा वेस्ट इन्डिजका रायन मारोनले साथ दिनेछन् । विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका रोड्सले दक्षिण अफ्रिकाको लागि ५२ टेष्ट र २४५ एकदिवसीय क्रिकेट खेलेका छन् ।

प्रशिक्षणमा क्याम्पमा सहभागी हुन ५० हजार शुल्क बुझाउनु पर्नेछ । जसबापत एनसिएसले खेलाडीलाई एक बर्षको निशुल्क प्रशिक्षण दिनेछ । प्रशिक्षणका लागि अहिलेसम्म ४७ खेलाडीले निवेदन दिएको नेपाल क्रिकेट स्कुलका करण घिमिरेले जानकारी गराए । उमेर समूहको खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई पनि तीन सेसनको विशेष प्रशिक्षण क्याम्प हुने उनले जानकारी दिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.