default_image

6 years ago

November 11, 2018

अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रीकाले सिरिज जित्यो

30 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको तीन वान डे क्रिकेट श्रृंखला पाहुना टोली दक्षिण अफ्रिकाले २ – १ ले जितेको छ । आइतबर भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ४० रनले पराजित गर्दै श्रृंखला जितेको हो ।

३ सय २१ रनको विशाल लक्ष्य पक्ष्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन मात्र बनाउन सक्यो । खराव सुरुवात गरेको अष्ट्रेलियालाई चौथो विकेटका लागि शन मार्श र मार्कस स्टोनिसले १ सय ७ रनको सतकीय साझेदारी गर्दै जितको आसा देखाएका थिए । तर डेवाइन प्रिटोरियसले ३० औँ ओभरको अन्तिम बलमा स्टोनिसलाई एडेन माक्रमको हातबाट क्याच गराउँदै पेभिलिएनको बाटो देखाएपछि अष्ट्रेलियाको जित टाढा बनेको थियो । स्टोनिसले ७६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए ।

मार्शले शतक प्रहार गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ४२ ओभरको दोस्रो बलमा क्याच आउट हुनु अघि उनले १ सय २ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १ सय ६ रन बनाए । त्यस्तै विकेट किपर एलेक्स क्यारीले ४२ रन बनाए । उनले ४१ बलमा समान एक चौका र छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल २७ बलमा ३ चौका प्रहार गर्दै ३५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । साउथ अफ्रिकाका लागि डेल स्टेन र कागिसो रबडाले समान तीन विकेट लिदा प्रिटोरियसले दुई र लुन्गी निगडीले एक विकेट हात पारे ।

यसअघि होबर्टमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान फाफ डु प्लेसिस र डेभिड मिलरको कीर्तिमानी साभेदारीसँगै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रन बनाएको थियो । खराव सुरुवात गरेको अफ्रिकाका लागि चौथो विकेटका लागि मिलर र प्लेसिसले २ सय ५२ रनको कीर्तिमान साभेदारी गर्दै विशाल योगफल तयार पारेका थिए । अफ्रिका लागि वान डे क्रिकेटमा चौथो विकेटका लागि सर्वाधिक साझेदारी पनि बनेको छ ।

१६ ओभर भित्र ५५ रन बनाउन ३ विकेट गुमाएको अफ्रिकालाई मिलर र प्लेसिसले ४९ औँ ओभर सम्म २ सय ५२ रनको साभेदारी गर्दै विशाल लक्ष्य सम्म पुर्याएका थिए । ४८.४ ओभरमा मार्कस स्टोनिसले शन मार्शको हातबाट क्याच आउट गराउँदै प्लेसिसलाई १ सय २५ रनमा पेभिलिएन फर्काउँदै दोहोरो शतकको पाट्नरशिप ब्रेक गर्दिएका थिए । प्लेसिसले १ सय १४ बलमा १५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अन्तिम ओभरको चौथो बलमा जोश हैज़लवुडले कप्तान आरोन फिन्चको हातमा क्याच गराउँदै आक्रमक ब्याटिङ गरेका मिलरलाई १ सय ३९ रनमा पेभिलएन फर्काए । मिलरले १ सय ८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । अफ्रिकाका अन्य एडेन माक्रमले ३२, रिजा हेन्ड्रिक्स ८, क्विन्टन डि काकले ४ रन बनाउँदा डेवाइन प्रिटोरियस र हेनरिक क्लासन समान एक रनमा नट आउट रहे । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले र मार्कस स्टोनिसले समान दुई विकेट लिदा जोश हैज़लवुडले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा अफ्रिकाले अष्ट्रेलियालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गरेको थियो । यी दुई देशबीच अव एक मात्र टी–२० खेल हुने छ ।

September 22, 2024

अघिल्लो खेलको टोलीलाई निरन्तरता

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]

September 22, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक […]

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

Success

Thank you for your time.