6 years ago
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका दुई सदस्य पाकिस्तान सुपर लिगको डाफ्टमा पर्न सफल भएका छन् । तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा परेका हुन् ।
सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने गोल्ड क्याटगरिमा परेका छन् । आज जारी गरिएको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगरीमा राखिएको छ । ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।
चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुने छ । डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । यदी ड्राफ्टमा सोमपाललाई कुनै टिमले छनोट गरेको खण्डमा उनी विदेशी व्यवसायिक लिग क्रिकेट खेल्ने नेपालका दोस्रो खेलाडी हुने छन् ।
ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परेपनि कसैले छनोट गरेका थिएनन् । गत संकरणको उपाधि इस्लामबाद युनाइटेडले जितेको थियो ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]