6 years ago
November 9, 2018
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् ।
बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश पढ्छन् । जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडीको दर्जा दिएका छन् । ती प्रयोगकर्ता लेख्छन्, ‘तपाईँ ओभररेटेड खेलाडी हुनुहुन्छ । व्यक्तिगत रुपमा भन्ने हो भने तपाईँ मलाई मन पर्दैन । मलाई भारतीय ब्याट्सम्यानको तुलनामा इङ्ल्यान्ड र अष्ट्रेलियाली ब्याट्सम्यान मन पर्छ ।’
उक्त सन्देशको जवाफ दिदै कोहलीले भने, ‘मलाई लाग्छ तपाईं भारतमा बस्नु हुँदैन । कहीँ अन्तै बस्नु पर्ने । तपाईँ हाम्रै देशमा बसेर अरु देशलाई किन मन पराउनुहुन्छ ? तपाईँ मलाई मन पराउनुहुन्न, केही छैन । तर आफ्नै देशमा बसेर बाहिरको कुरा मन पराउनुपर्छ जस्तो भने मलाई लाग्दैन । विराटको यो जवाफसँगै भारतीय क्रिकेट बोर्डका एक अघिकारीले यो विराटको गौरजिम्मेवारी जवाफ रहेको र विराटलाई धेरै शर्तक रहन पनि आग्रह गरेका छन् ।
विराटले यस अघि सन् २००८ मा दक्षिण अफ्रिकी खेलाडी हर्शल गिब्स,सन् २०१६ मा न्यूजिल्याण्डका केन विलियम्सन,अष्ट्रेलियाका डेभिड वार्नरका र इङ्ल्यान्ड जो रुट मन पर्ने बताएका थिए । कोहलीको उक्त विवादित भिडियो शेयर गर्दै सामाजिक कार्यकर्ता तहसीन पूनावाला ट्वीट गर्दै लेखेका छन्, ‘त्यसो भए विराट कोहलीलाई दक्षिण अफ्रिका पठाउनु पर्ने तर्क राखेका छन् । विराटको उक्त भिडियो भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै भाईरल र चर्को आलोचना भई रहेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]