default_image

6 years ago

November 5, 2018

नमस्ते पीपीएल : सर्वाधिक विकेट लिने ५ खेलाडी

87 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच मंगलबार प्रतिस्प्रर्धा हुदैछ । पोखरा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो ।

चितवन प्ले अफमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो । समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो । फाइनल अघि ब्याटिङको प्रर्दशन हेर्ने हो भने विदेशी खेलाडीको प्रर्दशन उल्लेखनिय रहेको छ । सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमा नेपालका १ र विदेशी ४ खेलाडी शीर्ष स्थानमा रहेका छन् ।

तर बलिङ भने नेपाली बलरनै हाबी छन् । ब्याटिङको विपरित बलिङमा रहेको छ । अर्थात सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शिर्ष ५ मध्ये चार नेपाली बलर छन् । नेपाली क्रिकेटको बलियो पक्षनै बलिङ हो । अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङको कारण नेपालले थुप्रै महत्वपूर्ण अवसर गुमाउदा बलिङले केहि ठूला सफलता दिलाएको छ । पीपीएलको प्रर्दशनबाट नै थाहा हुन्छ नेपालको बलियो पक्ष र जितको मुख्य हतियार बलिङ नै हो ।

पीपीएलमा सर्वाधिक विकेट लिने ५ खेलाडी

करण केसी– तिव्र गतिका बलर करण केसी पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । चितवन राइनोजबाट खेलि रहेका करणले फाइनल खेल खेल्नु अघि ६ खेलमा ११ विकेट लिएका छन् । ११ विकेट लिन करणले २२-३ ओभरमा २ मेडन राख्दा १ सय ४१ रन खर्चेका छन् ।

समुह चरणका खेलमा पोखरा र काठमाडौँबीरुद्ध समान ३ विकेट लिएका करणले धनगढी र विराटनगरबीरुद्ध एक एक विकेट लिएका थिए । त्यस्तै बुटवलबीरुद्ध २ विकेट लिएका उनले प्ले अफमा काठमाडौँसँगको खेलमा १ विकेट हात पारेका थिए । करणले फाइनल खेलमा पनि उत्कृष्ट बलिङ गर्ने अनुमान गरिएको छ ।

सन्दीप लामिछाने -विराटनगर टाइटनसका कप्तान समेत रहेका सन्दीप जारी पीपीएलमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले पीपीएलमा ५ खेलमा १० विकेट लिएका छन् । १ मेडन राख्दा कुल १ सय २९ रन खर्चिए ।

चितवनविरुद्ध४ विकेट लिएका सन्दीपले पोखरा र बुटवलसँगको खेलमा समान दुई विकेट हात पारे । त्यस्तै काठमाडौं र धनगढीविरुद्ध एक एक विकेट लिएका थिए ।

सन्नी पटेल – भारतीय मुलका पटेल सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका छन् । अलराण्डर पटेल चितवन राइनोजबाट खेली रहदा फाइनल खेल खेल्न बाँकी रहेको छ । पटेलले ६ खेलमा २३.२ ओभर बलिङ गर्दा ३ मेडन सहित जम्मा ७१ रन खर्चिदा ९ विकेट लिन सफल भई सकेका छन् ।

धनगढीसँगको खेलमा ४ विकेट लिएका पटेलले पोखरा र काठमाडौंसँगको खेलमा समान एक एक विकेट लिए । वुटवल र विराटनगरबीरुद्ध विकेट लिन असफल भए । त्यस्तै प्ले अफ खेलमा काठमाडौंविरुद्ध ३ विकेट लिएका थिए ।

ललितनारायण राजवंशी – पछिल्लो एक बर्षमा राष्ट्रिय टिमबाट नियमित क्रिकेट खेल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका राजवंशीले पीपीएलमा पनि उत्कृष्ट प्रर्दशन जारी राखेका छन् । पोखरा पल्टनबाट खेलि रहेका उनले ५ खेलमा २० ओभर बलिङ गर्दा ९ विकेट लिदैँ जारी पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् ।

ललित नारायण राजवंशी

उनले १ सय २१ रन खर्चेका छन् । काठमाडौँ र विराटनगरसँगको खेलमा समान तीन विकेट लिएका उनले धनगढीसँगको खेलमा २ विकेट लिन सफल भए । त्यस्तै बुटवलसँगको खेलमा १ विकेट हात पार्दा चितवनविरुद्धको खेलमा विकेट लिन सकेनन् ।

विपिन खत्री – बुटवल वलास्टरबाट पीपीएल खेलेका विपीनले ५ खेलमा ८ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा पाँचौ स्थानमा रहेका छन् । १७.५ ओभर बलिङ गरेका उनले ९२ रन खर्चिएका छन् । काठमाडौँ,पोखरा र धनगढीसँगको खेलमा समान दुई विकेट लिएका उनले विराटनगर र चितवनविरुद्ध एक एक विकेट हात पारेका थिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.