6 years ago
November 5, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार हुने फाइनल खेलमा पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।
पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको हो भने चितवनले अाइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का चितवनको नेतृत्व सम्हालिरहेका छन् भने पोखराको कप्तानी शरद भेषावकरले गरेका छन् । फ्रेन्चाइज लिगमा पारस र शरदको कप्तानीमा रहेको टोली तेस्रो पटक अामने सामने हुँदैछन् । यसअघि धनगढी प्रिमियर लिगको पहिलो संस्करण र एभरेष्ट प्रिमियर लिगको पछिल्लो संस्करणमा पारसको टोली विजयी रहेको छ ।
खेलको अघिल्लो दिन सोमबार दुवै टोलीका कप्तानले साराङकोटमा माछापुच्छ्रेको अगाडि म्याच प्रेस कन्फरेन्समा ट्रफी बोकेका थिए । सँगसँगै दुवै टोली कप्तानले अा-अाफ्नाे धारणा पनि राखे ।
पारस खड्का, चितवन राइनोज कप्तान
दुई राम्रो टिम फाइनलमा पुगेको छ । भोलिको खेल रोमाञ्चक हुनेछ । पोखरा प्रिमियर लिगको पहिलो संस्करणको जुन खालको रेस्पोन्स पाएको त्यसमा एकदमै खुशी महसुस भएको छ । भोलि मैदानमा दर्शक धेरै आउनेमा आशावादी छु । यो नेपाली क्रिकेटको लागि राम्रो खबर पनि हो । नयाँ ठाउँ क्रिकेटको माध्यमबाट छुट्टै खालको पहिचान बनाउन सफल भएको । टोलीले एकतृत प्रदर्शन गर्दै फाइनलमा पुगेका छौं । धेरै खुशी र उत्साहित छु । आशा गरै राम्रो क्रिकेट खेलेर सबैलाई खुशी पार्नेछौं ।
प्रतियोगिताको पहिला के भयो र पछि के हुन्छ भन्ने भन्दा पनि राम्रो क्रिकेट खेल्ने हो । टिमको रुपमा पछिल्ला चार खेलमा राम्रो खेलेका छौं । त्यही लयलाई निरन्तरता दिँदै सकरात्मक नतिजाको लागि खेल्नेछौ । पहिलाको नतिजा बिर्सेर अाउने खेलमा के गर्न सक्छौं भनेर अघि बढ्ने । राम्रो क्रिकेट खेल्नेछौं । शरदसँगै फाइनल खेल्नु संयोग हो । अरु टिम पनि राम्रा थिए । हामी पनि राम्रो गरेर नै फाइनलमा पुग्न सफल भएको ।
पोखरामा क्रिकेटले सुखद अनुगमन गरेको छ । जुन स्तरको प्रतियोगिता भयो र दर्शकहरु उपस्थित रहे, अाउने दिनमा अझ धेरै मान्छे आउनेमा विश्वस्त ।
शरद भेषावकर, पोखरा पल्टन कप्तान
फाइनलका लागि तयार । जे को लागि आएको त्यहाँ पुग्न एक कदम टाढा । घरेलु टिमबाट खेल्न पाएको कारण घरेलु दर्शकको साथ पनि छ । खेलमा नियन्त्रण गर्न सक्नुपर्छ । अन्य कुराको बारेमा सोच्नु भन्दापनि आफूले काम राम्रो गर्न सके नतिजा सकरात्मक आउनेमा केन्द्रित रहनेछौं ।
यो हाम्रो लागि अर्को एउटा खेल हो । अरुले जसरी लिएपनि हामी क्रिकेट खेल्नलाई नै यो प्रोफेसनमा आएका हौ । धेरै दवाव लिएर भन्दापनि खेलमा रमेर फाइनल खेल्ने ।
यति ठुलो प्रतियोगिता यति राम्रो शहरमा भएको छ । राम्रो प्रतिक्रिया पाएको छ । सबैभन्दा ठुलो कुरा त यसका लागि अायोजक र यसमा आवद्ध सबैलाई धन्यवाद दिनु पर्छ । यो इभेन्टको राम्रो प्रतिक्रिया नेपालमा मात्र हैन विदेशमा पनि भएको छ । यो नेपाली क्रिकेटको लागि खुशी लाग्दो कुरा ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]