default_image

6 years ago

November 14, 2018

युवा तीब्र गतिका बलरका लागि पीपीएल फाइदाजनक

68 views

0 Bookmark

काठमाडौं- नेपाली क्रिकेटमा बलिङ सधैं बलियो पक्ष रुपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरुको नै अधिपत्य रहने गरेको छ ।

सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए । लामो समय राष्ट्रिय टोलीका लागि खेलेका यी दुइको उपस्थितिमा नेपाली क्रिकेटले अन्य बलर खोज्न परेन । तत्कालिन कप्तान विनोद दासको सन्न्यासपश्चात चन्द्र साउद र अमृत भट्टराई टोलीमा देखिए ।

महबुब आफैं पनि पछिल्ला केहि वर्ष टोलीबहिर रहेपनि गतवर्ष केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा टोलीमा परे । तर खस्कँदो प्रदर्शनपछि उनको राष्ट्रिय टोलीको ढोका बन्द जस्तै भएको छ । अहिले सोमपाल कामी र करण केसी राष्ट्रिय टोलीमा नियमित बलर छन् भने ललितसिंह भण्डारीले पनि प्रभाव जमाउँदै सुरुवाती टोलीमा पर्ने दावेदारी प्रस्तुत गरेका छन् ।

पोखरामा केहि दिन अघि सम्पन्न नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा पहिलो खेलदेखि नै सहभागी टोलीका कप्तानहरुले पिचको स्तरलाई खुलेर प्रशंसा गरे । तीनमहिना अघिदेखि निर्माण गरिएको पिचमा ६५ रनदेखि १ सय ९७ रनसम्मको स्कोर बन्यो ।

प्रतियोगितामा कुल १७ खेल भए । १७ खेलमा बलरहरुले कुल २ सय ६ विकेट लिए । त्यसमध्य १ सय ६६ विकेट नेपाली बलरहरुको नाममा रहयो । तीमध्य ७६ विकेट तीव्र गतिको बलरहरुको नाममा रहयो । सर्वाधिक विकेट लिने सूचिको शीर्ष १० खेलाडीमा ३ तीव्र गतिका बलर रहे । करण केसी ११ विकेटसहित शीर्ष स्थानमा रहँदा अमरसिंह राउटेला ८ र राशिद खान ७ विकेटसहित शीर्ष १० मा अटाएका छन् ।

विगतमा अन्डर यू–१९ उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका ४ तिब्रगतिका बलरका लागि पीपीएल विशेष रह्यो ।

राशिद खान

राशिद खान नेपाली क्रिकेटमा उदयमान प्रतिभाशाली युवा खेलाडी हुन् । पीपीएलमा उदयमान खेलाडी घोषित भएका राशिदले यहि प्रर्दशन निरन्तर दिदै अझ राम्रो प्रर्दशन गरे उनको लागि अव राष्ट्रिय टिमको ढोका त्यति टाढा देखिदैन । पोखरालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका राशिदले ६ खेलमा १ सय ५७ रन खर्चिदै ७ विकेट लिए । ब्याटम्यानले हानेर भन्दापनि फिल्डरले बढि गल्ती गर्दिदा उनको बलिङमा केहि बढि रन निस्किरहेको देखिन्थ्यो ।

पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा नवौं स्थानमा रहेका राशिदले कुल २२.१ ओभर बलिङ गरे । राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामी र ललितसिंह भण्डारीलाई पछि पार्दै पीपीएलमा राशिदले उत्कृष्ट बलिङ गरे । यू – १९ टोली, इपीएल, डीपीएल देखिनै उत्कृष्ट प्रर्दशन गर्दै आएका राशिदलाई केहि नेपाली क्रिकेट विश्लेषकले नेपालले खोजि रहेको नयाँ प्रतिभा भेटिएको भनि रहेका छन् । पछिल्लो समय स्पिनरमा हाबी भई रहँदा र तिब्र गतिको बलिङमा केहि कमजोर ठहरि रहेको नेपाली क्रिकेट टोलीका लागि राशिद सहि विकल्प हुन सक्छन् ।

कमलसिंह ऐरी

तीव्र गतिका बलर तथा अलराउण्डर ऐरी पीपीएलमा ब्लुज एक्स्पर्ट धनगढीबाट खेलेका थिए । ऐरीले तीव्र गतिका बलिङ मात्र होइन तल्लो क्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता पनि राख्दछन् । घरेलु तथा यू – १९ टोलीबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका ऐरीले पीपीएलमा पनि त्यहि प्रर्दशनलाई निरन्तरता दिए । आफुलाई प्रमाणित गर्न हर प्रयास गरे । कुनै गल्ती गर्न चाहेनन् ।

धनगढीलाई प्ले अफ सम्म पुर्याउन नसकेपनि उनले ५ खेलमा ६ विकेट लिदैँ राम्रो छाप छाड्न सफल भए । कुल १६ ओभर बलिङ गरेका उनले १ मेडन सहित १ सय ३२ रन खर्चेका थिए । युवा खेलाडीमा निकै आसा गरिएका ऐरी राष्ट्रिय टिमको डेब्यूको पर्खाईमा रहेका छन् ।

किशोर महतो

तीव्र गतिका बलर किशोरले पीपीएलमा राम्रो छाप छाड्न सफल भए । समुह चरणको खेलमा विराटनगर टाइटन्सलाई पहिलो जित दिलाउन बुटवल बलास्टरबीरुद्धको अन्तिम ओभरमा मेडन राखेपछि किशोर अझ नयाँ उचाइमा पुगे । विराटनगरले प्रतियोगितामा राम्रो प्रर्दशन गर्न सकेन । पुछारमा रहेर प्रतियोगिता समाप्त गर्यो । तर महतोले भने उत्कृष्ट प्रर्दशन गरे । पहिलो खेलमा टोलीमा नपरेका उनले ४ खेल खेल्दै १५.३ ओभरमा १ सय २ रन खर्चिदैँ ४ विकेट लिए । घरेलु प्रतियोगिता र यू–१९ मा उत्कृष्ट प्रर्दशन गर्दै सवैलाई प्रभावित पार्दै आईरहेका छन् ।

नन्दन यादव

यादव नेपाली क्रिकेटका लागि तिब्र गतिका बलरमा प्रतिभाशाली युवा खेलाडी हुन् । काठमाडौँ रोयल्सबाट प्रतिनिधित्व गर्दै पीपीएल खेलेका यादवले ६ खेलमा ५ विकेट लिए । २० ओभर बलिङ गरेका उनले कुल १ सय ३१ रन खर्चिए । काठमाडौंलाई प्ले अफ सम्म पुर्याउन महत्वपूर्ण तथा उत्कृष्ट बलिङ गरेका यादव यू–१९ टीमबाट प्रतिनिधित्व गरि सकेका छन् । यादवलाई भविष्यका सम्भावनाको रुपमा हेरिएको छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.