default_image

6 years ago

November 4, 2018

नमस्ते पीपीएल : पारसको चितवन राइनोज फाइनलमा

75 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । आइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले पोखरा पल्टनसँग उपाधि भिडन्त पक्का गरेको हो ।

काठमाडौंले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य चितवनले ४ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो । चितवनले ओपनर अनिल साह र कप्तान पारस खड्कालाई सस्तैमा गुमाएपनि त्यसपछि लगातार साझेदारी हुँदा लक्ष्य सहजै प्राप्त गर्यो ।  अनिल १ र पारस २ रनमा आउट भए । अर्का ओपनर हरिशंकर साहले २२ बलमा २६ रन जोडे ।

समित पटेल र आरिफ शेखले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । स्मित पटेल ४३ बलमा ३८ रन जोड्दै पेभेलियन फर्किए । आरिफ शेख २० रनमा नटआउट रहे ।  सन्नी पटेलले ५ बलमा नटआउट ६ रनको योगदान दिए । काठमाडौंका लागि सुशन भारीले ३ तथा पवन सर्राफले १ विकेट हात पारे । यस जितसँगै चितवन फाइनलमा पुगेको छ । पोखरा र चितवनको खेल मंगलबार हुनेछ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले पहिलो ओभरमा १५ रन जोडेको थियो । दोस्रो ओभरमा भने काठमाडौंले महत्वपूर्ण तीन विकेट गुमायो । सन्नीले फ्याँकेको दोस्रो ओभरमा अमित श्रेष्ठ ९, गौरव तोमर १ र पवन सर्राफ शून्यमा आउट भए । नरेश बुढाएर लगत्तै  पारस खड्काको बलमा एलबिडब्लुको शिकार भए ।

काठमाडौंका लागि ओपनर जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । कप्तान ज्ञानेन्द्र मल्ल ३० रन तथा जयकिशन कोल्सावा २५ रनमा आउट भए । तल्लो क्रममा अन्य ब्याट्सम्यानले राम्रो साझेदारी गर्न नसक्दा काठमाडौं कम रनमा खुम्चियो । आदील खान, अमरसिंह राउटेला ९ र सुशन भारी ३ रनमा पेभेलियन फर्किए । काठमाडौंको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए । भुवन कार्कीले १० रन खर्चदै २ विकेट लिए । स्मित पटेलले २ तथा करण केसी र पारस खड्काले १-१ विकेट हात पारे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.