6 years ago
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको अन्तिम चरणको लिग खेलपछि प्लेअफ र फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । अन्तिम खेलमा चितवनले विराटनगरलाई पराजित गरेसँगै अंक तालिका अनुसार छिनोफानो भएको हो ।
निकै प्रतिस्पर्धात्मक प्रतियोगिताको अंक तालिकामा शीर्ष ४ टोलीको समान ६ अंक रहयो । नेट रनरेटको आधारमा पोखरा पल्टनले शीर्ष स्थान हासिल गर्दै सिधै फाइनलमा स्थान पक्का गर्यो । दोस्रो स्थानमा रनरेटकै आधारमा चितवन राइनोज रहयो भने तेस्रोमा काठमाडौं रोयल्सले स्थान बनायो ।
एक्स्पर्ट धनगढी ब्लुज भने समान ६ अंक भएपनि नेट रनरेटमा पछाडी पर्दै अर्को चरण पुग्न सकेन । प्रतियोगितामा सुरुवातको दुई खेल जित्दै शानदार सुरुवात गरेको बुटवल ब्लास्टर्सले भने प्रतियोगिताको अन्तिमतिर लगातार तीन खेल हार्यो । प्रतियोगिता अवधिभर एक जित मात्र दर्ता गर्न सकेको विराटनगर सुरुवातदेखि नै पुछारमा रहयो ।
फाइनलमा स्थान बनाउन अब आइतबार काठमाडौं र चितवन खेल्नेछन् । खेल दिनको ११ बजे सुरु हुनेछ । फाइनल मंगलबार हुनेछ ।
अंक तालिका :
पोखरा पल्टन ( ६ खेल, ३ जित, २ हार, ६ अंक, ०.७८८ रनरेट)
चितवन राइनोज ( ६ खेल, ३ जित, २ हार, ६ अंक, ०.५२३ रनरेट)
काठमाडौं रोयल्स ( ६ खेल, ३ जित, २ हार, ६ अंक, ०.१६५ रनरेट)
एक्स्पर्ट धनगढी ब्लुज ( ६ खेल, ३ जित, २ हार, ६ अंक, -०.३९८ रनरेट)
बुटवल ब्लास्टर्स ( ६ खेल, २ जित, ३ हार, ४ अंक, ०.३४ रनरेट)
विराटनगर टाइटन्स ( ६ खेल, १ जित, ४ हार, २ अंक, -१.३८५ रनरेट)
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक योगफल तयार गरेको छ । जारी खेलमा कर्णालीले मधेशविरुद्ध रनको ऐतिहासिक योगफल तयार गर्ने क्रममा एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २ सय २० रनको बनाएको छ । कर्णालीले यसअघि कोशीविरुद्ध यसै संस्करणमा २ सय १८ रनको योगफल तयार […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटरहरुले खास योगदान गर्न नसक्दा सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध प्रतिस्पर्धात्मक योगफलमा समेटिएकाे छ । जारी खेलमा सुदूरपश्चिमले एपिएफविरुद्ध १ सय ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटियो । […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर शाहब आलमको ५ विकेटको सहयोगमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशले मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा खेलमा गण्डकीले १ सय १६ रनको मध्यम योगफल तयार गरेको हो । लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा १ सय १६ रनको मध्यम योगफलमा समेटियो । […]