6 years ago
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – सन्नी पटेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवन प्लेअफमा पनि प्रवेश गरेको छ ।
विराटनगरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले अन्तिम ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्यो । सन्दीप लामिछानेको १९ औं ओभरमा सन्नी पटेलले १८ रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । सन्नीले आक्रामक सट खेल्दै लगातार २ चौका प्रहार गरे । उनले २४ बलमा ४ चौका र ४ छक्कासहित नटआउट ५१ रन प्रहार गरे । सोनु तामाङले नटआउट ११ रन जोडे ।
इनिङसको पहिलो बलमै सन्दीपले हरिशंकर साहलाई मिडविकेटमा क्याचआउट गराएका थिए । पहिलो ओभरको अन्तिम बलमा पारसले छक्का प्रहार गरेपनि तेस्रो ओभरको पहिलो बलमा सन्दीपले पारसलाई बोल्ड गरे । ९-२ को स्थितिमा पुगेको चितवनले पाँचौ ओभरमा अर्का ओपनर अनिल साहलाई पनि १३ रनमा गुमायो । मध्यक्रममा स्मीत पटेलले २१ रन जोड्दा आरिफ शेखले ३५ रन जोडे । दुवै ब्याट्सम्यानले २ चौका मात्र प्रहार गरे । विराटनगरका कप्तान सन्दीपले ४ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । सुनील धमला र साहब आलमले १-१ विकेट लिए ।
सन्दीपको बलमा बोल्ड हुँदै पारस खड्का
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर मोहम्मद जायद आलम र सुनिल धमलाले पहिलो विकेटको ८७ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक योगफल तयार पारेको थियो । ४७ बल खेलेका मोहम्मद जायदले ६ चौका र २ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय योगदान दिए ।
अर्का ओपनर सुनिल धमला अर्धशतक बनाउनबाट ३ चुके । ४५ बलमा धमलाले ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११ रनमा पेभेलियन फर्किए । राजु रिजाल ६ तथा एन्टन एन्ड्रियु ४ रनमा आउट भए । राजेश पुलामी मगर र पुष्प थापा रनमा नटआउट रहे । चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २–२ विकेट लिए । करण केसीले १ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]