6 years ago
November 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको विजयी लक्ष्य दिएको छ ।
ललित नारायण राजवंशी
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पार्यो । खराब सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय रनको स्कोर कटाउन मदत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रुपमा जयकिसन कोल्सावालालाई शुन्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शुन्यमै आउट भए । दुवै विकेट मोहम्मद नाविदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको शिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए । राशिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए ।
ज्ञानेन्द्र मल्ल
पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । यो खेलमा जित हात पार्ने टोलीले शीर्ष तीनमा स्थान बनाउनेछ । पराजित भएपनि काठमाडौंको सम्भावना जिवितै रहनेछ । पोखराले जित हात पारेको खण्डमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स प्रतियोगिताबाट बाहिरिने छन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]