6 years ago
November 3, 2018
एजेन्सी – न्युजिल्यान्डलाई शुक्रबार भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानके एक खेल अगाडी नै ३ खेलको टी – २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै जितेको छ । यो जितसँगै पाकिस्तानले लगातार ११ औं टी-२० सिरीज जित्ने कीर्तिमान कायम गरेको छ ।
शुक्रबार राती भएको खेलमा ६ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृंखला आफ्नो कब्जामा पारेको हो । १ सय ५४ रनको लक्ष्य पाकिस्तानले २ बल अगाडी नै ४ विकेटको क्षतिमा पुरा गरेको हो । पाकिस्तानको जितमा ओपनर फकर जमान २४, बाबर आजम ४०, आशिफ अली ३८,मोहम्मद हफिज नट आउट ३४ रनमा रहँदा शोएव मालिकले १० रन जोडे । न्युजिल्यान्डका लागि एडम मिल्नीले २ तथा टिम साउदी र कोलिन मुनरोले समान एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । ओपनर मुनरोले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए । त्यस्तै कोरि एन्डरसन २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रनमा नट आउट रहँदा कप्तान केन विलियम्सनले ३७ रन बनाए । अन्य ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डलाई सस्तैमा रोक्न पाकिस्तानका युवा बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै हफिज र इमाद वासिमले समान एक विकेट हात पारे ।
यस अघि पहिलो टी २० खेलमा पाकिस्तान २ रनले विजयी भएको थियो । अन्तिम तथा तेस्रो टी २० खेल आगमी आइतबार हुने छ । पकिस्तान र न्युजिल्यान्डबीच थप ३ वान डे र समान टेस्ट श्रृंखला हुने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]