default_image

6 years ago

November 3, 2018

नमस्ते पीपीएल : प्लेअफ दौडको टुंगो लाग्ने

339 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को समुह चरणको अन्तिम दुई खेल आज हुदैँ छन् । दुई खेलको नतिजाले पीपीएलमा ६ टोलीको भविष्य टुङ्गो लाग्ने छ ।

गौरव तोमर

कुनै पनि टोलीले प्ले अफमा आफ्नो स्थान बनाउन सकेका छैनन् । समुह चरणका अन्तिम दुई खेल बाँकी रहन सम्म सबै ६ टोलीकोनै प्ले अफमा स्थान बनाउन सक्ने अंकगणितीय संभावना देखिन्छ । आज हुने पहिलो खेलमा हुलास काठमाडौँ रोयल्स र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने छ । काठमाडौं विजयी भए सिधै फाइनल प्रवेश गर्ने छ । प्लेअफ खेल्नु पर्ने छैन । झिनो अन्तरले पराजित भए प्ले अफमा स्थान बनाउने संभावना उच्च रहेको छ ।

४ खेलमा ३ मा जित र १ मा हारका साथ काठमाडौं शीर्षस्थानमा रहेको छ । फराकिलो अन्तरले पराजित भए विराटनगर र चितवबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई १७ रनले हराउँदा विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनसँग १३ रनले पराजित हुन पुगेको काठमाडौँ चौथो खेलमा बुटवललाई ३७ रनले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको थियो ।

पोखरा विजयी भएपनि नभएपनि चितवन र विराटनगरको नतिजा पर्खनु पर्ने हुन्छ । पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दा धनगढीसँग २ विकेटले पराजित भएको थियो । घरेलु टोली पोखराले ४ खेलमा दुईमा जित र २ मा हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोजबीच खेल हुने छ । विराटनगरले आजको खेल जितेपनि अघिल्लो चरणको संभावना न्युन रहेको छ । सोझो अर्थमा जित निकाले पनि बाहिरिने लगभग पक्का पक्की जस्तै छ । हारे आधिकारीक रुपमा बाहिरिने छ । यता चितवनले फराकिलो जित निकाल्न सके प्ले अफमा स्थान बनाउने छ भने सामान्य रन अन्तरले विजयी हुँदा र पहिलो खेलमा पोखरा पराजित भए चितवनको प्ले अफको ढोका खुल्ने छ । पहिलो खेलमा पोखरालाई काठमाडौंले फराकिलो अन्तरले पराजित गरे चितवन सामान्य अन्तरले पराजित हुन पुगे पनि प्ले अफको संभावना देखिन्छ ।

पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा धनगढीलाई १ सय २६ रन र काठमाडौँलाई १३ रनले पराजित गर्दै खेलमा पुनरागमन गरेको हो । चितवन ४ खेलमा दुईमा जित र २ मा हारको साथ चौथो स्थानमा रहेको छ ।

४ खेलमा ३ मा हार १ मा जितका साथ पुछारमा रहेको विराटनगर प्रतियोगिताबाट बाहिरिन औपचारिक निर्णय मात्र बाँकी रहेको छ । पहिलो खेलमा पोखरासँग ५८ रनले पराजित हुँदा दोस्रो खेलमा धनगढीसँग ७८ रन र तेस्रो खेलमा काठमाडौंसँग ५ विकेटले पराजित हुदैँ अघिल्लो चरणको यात्रा अनौपचारिक रुपमा सकाएको थियो । त्यस्तै चौथो खेलमा बुटवललाई १२ रनले हराउदै झिनो अंक गणितीय आशा कायम राखेको राखेको विराटनगरको अघिल्लो चरण प्रवेश गरे आश्चर्यनै हुने छ ।

अन्य टोलीको संभावना के ?

५ खेलमा ३ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा रहेको धनगढी प्ले अफमा स्थान बनाउन पहिलो खेलमा काठमाडौंसँग पोखरा पराजित हुनुपर्ने हुन्छ । त्यस्तै दोस्रो खेलमा विराटनगरले चितवललाई हराउने सके धनगढीको प्ले अफमा आफ्नो स्थान पक्का गर्ने छ । त्यस्तै ५ खेलमा ३ मा हार र २ मा जितका साथ पुछारबाट दोस्रो स्थानमा रहेको वुटवलको अंक गणितीय झिनो आसा मात्र बाँकी रहेको छ । बुटवल प्ले अफमा पुग्नको लागि पोखरा र चितनवले पराकिलो अन्तरले पराजित हुनुपर्ने हुन्छ । यी दुई टोली मध्य एक टोली विजयी भए वुटवल स्वत बाहिरिने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.