default_image

6 years ago

November 2, 2018

चर्को मूल्य सस्तो प्रदर्शन : पीपीएलमा फ्लप स्टार खेलाडी

75 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणका दुई खेल बाँकी रहँदा पनि अहिलेसम्म प्लेअफ र फाइनल पुग्ने टोलीको नाम टुङ्गो लाग्न सकेको छैन । शनिबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । शुक्रबार खेल सकिंदा अंक तालिका झनै रोमाञ्चक बनेको छ । जुन सुकै टोलीले पनि प्ले अफमा आफ्नो स्थान बनाउन सक्ने अंकगणितीय संभावना देखिन्छ ।

शीर्ष स्थानमा रहेको काठमाडौंले ४ खेलमा ३ जित र १ हार बेहोरेको छ भने एक्स्पर्ट धनगढी ब्लुज ५ खेलमा ३ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा छ । ४ खेलमा समान दुई जित र दुई हार भोगेको पोखरा पल्टन तेस्रो स्थानमा रहँदा ४ खेलमै २ हार र २ जितका साथ चितवन राइनोज चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा ५ खेलमा ३ मा हार र २ मा जितका साथ बुटवल ब्लास्टर्स रहँदा ४ खेलमा ३ मा हार र १ मा जितका साथ विराटनगर टाइटन्स पुछारमा रहेको छ । बुटवल र विराटनगरको झिनो अंक गणितीय सम्भावना बाहेक अन्य जुनसुकै टीमले प्ले अफमा आफ्नो स्थान बनाउन सक्ने सम्भावना रहेको छ । जस्को लागि बाँकी दुई खेलमा नतिजा आफु अनुकुल आउनु पर्ने हुन्छ ।

घरेलु टी– २० फे्रन्चाइज लिगमा सर्वाधिक धनराशी पुरस्कार रहेको यस प्रतियोगिता सुरु हुनु अघि खेलाडीलाई अक्सन मार्फत किनबेच (बोली लगाउने) गरिएको थियो । टिम मालिक र मार्की खेलाडीले निकै आसा र भरोसामा साथ महँगो मुल्य खर्चेका खेलाडीले पीपीएलमा त्यहि अनुसारको प्रर्दशन गर्न भने सकेनन् । महँगो मूल्यमा किनेका खेलाडीले सस्तो प्रर्दशन गरि रहेका छन् ।

सर्वाधिक महँगो मुल्यमा किनिएका स्पिनर बसन्त रेग्मी, तीव्र गतिका बलर करण के सी र ललित सिंह भण्डारीले राम्रो प्रदर्शन गरे । ललित चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित रहेनन् । युवा ब्याटम्यान अनिल कुमार शाह, रोहित कुमार पौडेललगातले भने सन्तोषजनक प्रदर्शन गरेका छन् । केहि खेलाडीले भने मोटो रकम पाएपनि राम्रो प्रर्दशन गर्न सकि रहेका छैनन् । उत्कृष्ट प्रर्दशन गर्ने अनुमानसहित चर्को रकम खर्चिएका खेलाडीले सस्तो प्रर्दशन गर्दा टिमको नतिजामा पनि असर परेको छ ।

यी हुन् पीपीएलमा महँगो मूल्यमा किनीएका तर सस्तो अर्थात खराव प्रर्दशन गर्ने ८ खेलाडी  :

दिलिप नाथ

पछिल्लो समय राष्ट्रिय टिममा पनि खराब प्रर्दशनका कारण टिम बाहिर रहँदै आएका विकेटकिपर तथा ओपनर दिलिपनाथ जारी पीपीएलमा खराव प्रर्दशन गर्ने प्रमुख खेलाडी हुन् । २ लाख ४० हजार रुपैयाँमा एक्स्पर्ट धनगढी ब्लुजमा अनुबन्ध भएका नाथले ५ खेलमा कुल ४० रन पनि कटाउन सकेनन् । समुह चरणका सकिदा ५ खेलमा नाथले कुल ३२ रन मात्र बनाउन सके । उनले विकेटकिपिङ गर्ने क्रममा तेस्रो खेलमा चोट बोकेपछि सुवेन्दु पाण्डेले उक्त भूमिका निर्वाह गरेका छन् । उनी त्यसयता टोलीमा ओपनर ब्याट्सम्यानको भूमिकामा मात्र छन् ।

काठमाडौंविरुद्ध १० रनमा आउट भएका दिलिपले विराटनगरसँगको खेलमा मात्र ८ रन बनाए । चितवनबीरुद्ध डक आउट भए । त्यस्तै बुटवलसँगको खेलमा १० रन जोड्दा पोखराविरुद्ध ४ रन मात्र बनाए । धनगढीले नाथलाई दिएको मुल्य सम्झने हो भन्ने पक्कै पनि टिम मालिक र कप्तान अहिले उनको प्रदर्शनबाट खुसी छैनन् । उनले सुरुवातमा मध्यक्रममा खेल्न नसक्दा पछिल्लो केहि खेल इनिङको सुरुवात नै गरेका छन् ।

सागर पुन

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्ने सागर पुनमाथि ठुलो आशा, विश्वास अनि भरोसाका साथ बुटवलले सर्वाधिक मुल्य २ लाख ५० हजार खर्चेर अक्सनमार्फत उनलाई किनेको थियो । तर सागरले ५ खेलमा जम्मा ७९ रन बनाएका छन् । चितवनविरुद्ध उनले बनाएको ४६ रन नै सर्वाधिक रन हो । काठमाडौंसँगको खेलमा १ र पोखराविरुद्ध २ रन मात्र बनाउन सके । त्यस्तै विराटनगरसँग २९ र धनगढीविरुद्ध १ रन बनाए । राष्ट्रिय टिमको लामो अनुभव भएका अलराउण्डर सागरको प्रर्दशनबाट टिम निरास बनेको छ । बलिङमा पनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । पाँचै खेलमा बलिङ गरेका उनले २ विकेट मात्र लिएका छन् ।

आरिफ शेख

आरिफलाई चितवन राइनोजले २ लाख ५० हजार अधिक्तम मुख्यमा किनेको थियो । सुरुवाती चार खेल खेलेको चितवनले समुह चरणमा एक खेल खेल्न बाँकी रहेको छ । तर ४ खेल खेल्दा दुइपटक ब्याटिङ गरेका आरिफले खाता खोल्न पनि सकेका छैनन् । बुटवल र धनगढीसँगको खेलमा डक आउट भएका आरिफले अन्य दुई खेलमा ब्याटिङ गर्ने मौका पाएनन् । चितवनले जुन विश्वासका साथ मुल्य खर्चेको थियो आरिफले त्यसको विपरीत ब्याटिङ गर्न पुगे । पछिल्लो समय राष्ट्रिय टिमबाट राम्रो प्रर्दशन गर्दै आएका आरिफ पीपीएलको प्रर्दशन आफैले पनि सम्झन चाहँदैनन् ।

प्रदिप ऐरी

बुम बुम ऐरीको उप नामले चिनिने प्रदीपलाई विराटनगर टाइन्टन्सले २ लाख ४० हजार खर्चेर किनेको थियो । सुरुवाती चार खेल खेलिसकेको विराटनगरले समुह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको छ । ४ खेलमा ४ खेलमै ब्याटिङ गरेका ऐरीले कुल ६४ रन मात्र बनाएका छन् । बुटवलबीरुद्ध ४३ बलमा ४१ रन प्रहार गरेका ऐरीले विराटनगरसँगको खेलमा १० रन जोडेका थिए । त्यस्तै धनगढीसँगको खेलमा ४ रन बनाउँदा काठमाडौंसँगको खेलमा ९ रन बनाउँदै पेभिलिएन फर्किएका थिए । सुरुवाती खेलमा ओपनरको भूमिका निर्वाह गरेका ऐरी अहिले मध्यक्रममा छन् । पछिल्लो खेलमा उनले बलिङ पनि गरेका थिए ।

मेहबुब आलम

पोखरा पल्टनमा १ लाख ६० हजारमा अनुवन्ध भएका आलम उमेर अनुसारकै प्रर्दशन गरि रहेका छन् । ढल्कँदो उमेरसँगै प्रर्दशन पनि खस्किएको छ । आलमले जारी प्रतियोगितामा ४ खेलमा जम्मा ३ विकेट लिएका छन् भने १२. ५ ओभर बलिङ गर्दै कुल १ सय २१ रन खर्चिएका छन् । बुटवलसँगको खेलमा २ ओभर बलिङ गरेका मेहबुवले १३ रन खर्चदा १ विकेट लिएका थिए । त्यस्तै धनगढीसँगको खेलमा २.५ ओभर बलिङ गर्दै ३४ रन खर्चिन पुगेका आलमले कुनै विकेट लिन सकेनन् । विराटनगरबीरुद्ध ४ ओभर १ मेडन सहित ३१ रन खर्चेका उनले एक विकेट हात पारेका थिए । चितवनविरुद्ध ४ ओभरमा ४३ रन खर्चेका आलमले मात्र एक विकेट हात पारेका थिए । ब्याटबाट पनि आलमको प्रदर्शन सुस्त छ । धनगढीविरुद्ध गोल्डेन डक भएका उनले अन्य दुई खेलमा ८ रनमात्र जोडेका छन् । आलमको प्रर्दशन हेर्न हो भने उमेरसँगै खेल पनि खस्केको प्रष्ट हुन्छ ।

सिद्धान्त लोहनी

लोहनीको नाम नेपाली क्रिकेटमा सन् २०१५ टी– २० विश्कप छनोटमा जर्सीविरुद्ध प्रहार गरेको हेलिकप्टर शटको कारण नै चर्चामा छ । त्यसयता घरेलु प्रतियोगितामा बिरलै चलेका लोहनीलाई बुटवलले १ लाख ६० हजार खर्चेर किनेको थियो । दुई पटक टोलीलाई जिताउने सुनौलो अवसर पाए पनि उनले त्यो सदुपयोग गर्न सकेनन् । समुह चरणका खेल सकिदा लोहनीले ५ खेलमा कुल ७० रन मात्र बनाउन सके ।

काठमाडौंविरुद्ध १३,चितवनविरुद्ध १७ नट आउट, विराटनगरविरुद्ध १५ र धनगढीविरुद्ध १२ रन जोडेका लोहनीले पोखराविरुद्ध १३ रन मात्र बनाउन सके । विराटनगर र काठमाडौंविरुद्ध म्याच फिनिस गर्दै आफुलाई पुन प्रमाणित गर्न सक्ने अवसर थियो तर त्यो सदुपयोग गर्न सकेनन् । फिनिसरको लागि महँगो मूल्य खर्चेको बुटवललाई सिद्धान्तले निराश बनाए ।

सुनिल धमला

पछिल्ला घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिमका कमब्याकको ढोका ढकढकाई रहेका धमलाले यस पीपीएलमा खराव प्रर्दशन गरेका छन् । धमलामाथि विराटनगर टाइटन्सले २ लाख २० हजार रुपैयाँ खर्चेको थियो । तर धमलाले यस प्रतियोगितामा सोचे र आसा गरे अनुसार प्रर्दशन गर्न सकेनन् । धमला पहिलो पटक घरेलु लिगमा लयबाहिर देखिदा अन्य प्रतियोगितामा जस्तै आफ्नो ब्याटबाट हमला गर्न सकेनन् । समुह चरणको अन्तिम खेल खेल्न बाँकी रहेका विराटनगरको धमलाले चार खेलमा सबै खेलमा टिममा मौका पाए । ४ खेलमा धमलाले जम्मा ६२ रन मात्र बनाएका छन् । बुटवलसँगको खेलमा डक आउट भएका धमला पोखराविरुद्ध ११, धनगढीविरुद्ध २१ र काठमाडौंविरुद्ध ३० रन प्रहार गरे । पार्ट टाइम बलिङमा धमलाले २ विकेट पनि लिएका छन् ।

राजेश पुलामी मगर

पछिल्लो समय खराब लयका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका राजेश पुलामी मगरले जारी पीपीएलमा पनि खराब प्रर्दशनलाई निरन्तरता नै दिएका छन् । अर्थात त्यो सुधार गर्न सकेनन् । जारी पीपीएलमा ४ खेलमा जम्मा ४० रन जोडेका उनले बुटवलसँगको खेलमा खाता मात्र खोलेका थिए । पोखरा ७, धनगढी २ र काठमाडौंविरुद्ध ३० रन बनाएका राजेशलाई विराटनगरले १ लाख ५० हजारमा किनेको थियो ।

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

Success

Thank you for your time.