6 years ago
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग ( पीपीएल) को १२ औं तथा आज भएको पहिलो खेलमा धनगढी एक्स्पर्टले घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
समुह चरणको खेल सकाएको धनगढी ५ खेलमा ३ मा जित र २ मा हारका शिर्ष स्थानमा उक्लिए पनि प्ले अफको पक्का शनिबारका खेल पछि मात्र हुने छ । यता घरेलु मैदानमै २ विकेटले पराजित हुन पुगेको पोखराको अघिल्लो चरण कठिन बनेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ४४ रन बनाएको थियो ।
पोखराका लागि रोहित कुमार पौडेलले बनाएको ३१ रनै सर्वाधिक रन बन्न पुग्यो । १ सय ४५ रनको लक्ष्य पक्ष्याएको धनगढीले १ बल अगाडीनै ८ विकेट गुमाउदैँ लक्ष्य पुरा गरेको हो । पोखराका लागि रशिद खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । धनगढीलाई जीताउन यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
दिपेन्द्र सिंह ऐरी
धनगढीलाई रोमाञ्चक जित दिलाउन कप्तान ऐरीले आक्रमक ब्याटिङ गरे । अन्तिम १८ बलमा ३४ रन चाहिएको अवस्थामा ऐरीले विश्फोटक ब्याटिङ गर्दै १ बल अगाडीनै टोलीको संभव बनाएका थिए । १२ औँ ओभरको दोस्रो बलमा ड्यानियल लरेन्स आउट भएपछि मैदान छिरेका ऐरी सुरुवाती समय रक्षात्मक रुपमा खेले । ऐरीले एक तर्फबाट रन जोड्दा अर्को तर्फबाट निरन्तर विकेट पतन जारी रह्यो । १८ औँ ओभरको दोस्रो बलमा मेहबुव आलमलाई छक्का प्रहार गर्दै ऐरीले आक्रमक ब्याटिङ गर्ने संकेत देखाएका थिए । अन्य तीन बललाई ऐरीले ठूला शट प्रहार गर्न चाहेनन् र अन्तिम बलमा एक रन लिदै स्ट्राइक आफ्नै साथमा राखे । १९ औँ ओभरको पहिलो बलमा मोहम्मद नवीदलाई छक्का हानेका ऐरीले अन्य तीन बल डट खाएका थिए ।
तर पाँचौ बलमा छक्का हान्दा अन्तिम बलमा एक रन लिदै स्ट्राइक पुन आफ्नै साथमा राखे । धनगढीलाई अन्तिम ओभरमा जितको लागि १४ रन चाहिएको थियो । स्ट्राइकमा ऐरी थिए भने बलिङ गर्न मेहबुव । पहिलो बल मेहवुलले ह्वाइट फ्क्दा दोस्रो बलमा ऐरीले कडा सट प्रहार गर्दै छक्का हाने । दोस्रो बलमा दुई रन लिएका ऐरीले तेस्रो बलमा एक रन लिन आवश्यक ठानेनन् । चौथो र पाँचौ बललाई लगातार चौका प्रहार गरेका ऐरीले टिममलाई रोमाञ्चक जित मात्र दिलाएनन् प्ले अफ आफ्नो संभावना बलियो समेत बनाए । मात्र २६ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ४९ रनमा नट आउट रहेका ऐरी खेलमा म्यान अफ द म्याच समेत घोषित भए ।
पिटर ट्रेगो
धनगढीलाई महत्वपूर्ण जित दिलाउन पिटरले अल राउण्डर प्रर्दशन गरे । किफायती तथा धातक बलिङ गरेका पिटरले आक्रमक अर्ध शतक प्रहार गर्दैै टोलीको जित संभव वनाएका थिए । पोखराका ओपनर कुशल भुर्तेललाई तेस्रो ओभरको पहिलो बलमै ३ रनमा आउट गरे । ४ ओभरमा मात्र ११ रन खर्चेर १ विकेट लिएका पिटर पोखराका लागि टाउको दुखाईको बलर बने । पिटरले पोखराको ब्याटम्यानको मात्र होइन बलरको पनि टाउको दुखाउने काम गरे ।
तेस्रो ओभरको तेस्रो बलमा ओपनर ब्याटम्यान दिलिप नाथ ४ रनमा पेभिलिएन फर्किएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका पिटरले सुरवात देखीनै आक्रमक ब्याटिङ गर्दै पोखराका बलरलाई दवावमा राखे । ११ बलको अन्तिम बलमा ललित नारायण राजवंशीले कुशलको हातमा क्याच थमाउदै आउट गर्नु पुर्व पिटरले मात्र ३४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै धनगढीको जित सहज बनाएका थिए ।
कमल सिंह ऐरी
घरेलु टोली पोखरालाई सस्तैमा रोक्न युवा बलर कमलले घातक बलिङ गरे । ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ४ विकेट लिए । पोखराको ब्याटिङ धरासय बनाउन कमलले प्रमुख चार ब्याटम्यानलाई पेभिलिएन फर्काएका थिए । ९ औँ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गर्न सक्ने भारतीय खेलाडी रवी इन्दर सिंहलाई २८ रनमा आउट गर्दा अर्को बलमा मेहबुवलाई बोल्ड आउट गर्दै डक आउट गर्दिए । ऐरीको घातक बलिङ यतिमै मात्र रोकिएन । १७ औँ ओभरको अन्तिम बलमा हिटर विनोद भण्डारीलाई ७ रनमा पेभिलिएन फकाउदा १९ औँ ओभरको दोस्रो बलमा मोहमम्द नवीदलाई ११ रनमा आउट गर्दै पोखरालाई सस्तैमा रोक्न उत्कृष्ट बलिङ गरे ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]