default_image

6 years ago

November 2, 2018

‘अन्तिम ओभरमा १४ रन हान्नेमा विश्वस्त थिएँ’ – कप्तान दीपेन्द्रसिंह ऐरी

149 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले हरायो  खेलमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए 

उनले धनगढीको लागि अन्तिम ओभरमा १४ रन आवश्यक पर्दा मेहबुब आलमलाई २ चौका र १ छक्का प्रहार गरे । उनले खेलको सुरुवातदेखि नै जित दिलाउनेमा विश्वस्त रहेको बताए । ‘ अन्तिम ओभरमा १४ रन आवश्यक थियो । छोटो बाउन्ड्रीतर्फ सट प्रहार गर्ने योजना सफल भयो । सुरुवातदेखि नै जित दिलाउनेमा विश्वस्त थिएँ । मध्यक्रममा छिटो छिटो विकेट खस्दा केहि दबाब थियो,’ उनले भने ।

‘इनिङमा साथ दिएका रोबिनलाई म स्ट्राइक राखेर सट हान्छु भनेको थिए । अन्तिम दुई ओभर केहि कठिन भएको थियो ,’ दीपेन्द्रले थपे । दीपेन्द्रले ४ विकेट लिएका कमलसिंह ऐरीले राम्रो खेलेको र उनीमाथि सुरुवातदेखि नै विश्वास रहेको पनि बताए । अर्को चरण पुग्नेमा भने अब अन्य खेलको नतिजाले पनि असर पर्ने हुनाले आफ्नो हातमा नभएको बताए ।

पराजित टोलीका कप्तान शरद भेषवकारले भने प्रदर्शन राम्रो हुँदाहुँदै पनि जित दर्ता गर्न नसकेको बताए । ‘ अन्तिम दुई ओभरमा प्रदर्शन राम्रो नहुँदा खेल गुमाउनु पुग्यौं । दीपेन्द्रले राम्रो ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोर्याए,’ उनले भने । शरदले चोटका कारण आफूले बलिङ गर्न नसकेकोले पनि घाटा भएको बताए । ‘मेरो औंलामा चोट लागेका कारण बलिङमा केही समस्या देखिएको हो । सबैले आफ्नो ठाउँबाट राम्रो खेल्ने प्रयास गरिरहेका छन् । म आशावादी छु । भोलि अझै एक खेल बाँकी रहेको टिमले पुनरागमन गर्नेछ,’ कप्तान भेषावकरले थपे ।

शरदले राशिद खानको प्रदर्शनको पनि खुलेर प्रशंसा गरे । ‘ राशिदले राम्रो खेलिरहेका छन् । भोलि सबैको लागि ‘गर या मर’ को अवस्था छ । खेल झन रोमाञ्चक बन्दै गएको छ । रन रेट राम्रो रहेकोले पनि अर्को चरणमा पुग्ने सम्भावना बलियो छ,’ उनले थपे । पोखराले लिगको अन्तिम खेलमा शनिबार काठमाडौं रोयल्सको सामना गर्नेछ ।

अन्तर्वार्ता भिडियो:

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.