default_image

6 years ago

November 2, 2018

नमस्ते पीपीएल : दीपेन्द्र र ट्रेगोको उत्कृष्ट प्रदर्शनमा धनगढीको रोमान्चक जित

62 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र इंग्लिस अलराउण्डर पिटर ट्रेगोले उत्कृष्ट प्रदर्शन गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ ।

पोखराले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले अन्तिम ओभरमा एक बल बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक पारेको स्थितिमा मेहबुब आलमको बलिङमा दीपेन्द्रले १ छक्का र २ चौका प्रहार गरेका थिए । जितसँगै धनगढी ६ अंकसहित तालिकाको शीर्षस्थानमा पुगेको छ । यद्यपी धनगढीले आफ्नो प्लेअफमा स्थान सुरक्षित भएको पक्का गर्न अन्य नतिजा पनि कुर्नुपर्ने छ । यता पोखराले भने शनिबार काठमाडौं रोयल्ससँगको खेलपछि मात्र आफ्नो प्लेअफ सम्भावनाबारे टुंगो पाउनेछ ।

धनगढीको जितमा दिपेन्द्रसिंह ऐरी आक्रामक ४९ रन र पिटर डेभिड ट्रेगोले अर्धशतकीय इनिङ्स खेले। ३४ बलमा ट्रेगोले ५ चौका र ४ छक्कासहित ५३ रन प्रहार गरे । ओपनर सुवेन्दु पाण्डेले २२ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले नटआउट ४९ रन जोडे । उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए । ड्यानियल लरेन्स र सौरभ खनाल समान ३-३ रनमा आउट भए । पोखराका रसिद खानले ४ ओभरमा २४ रन खर्चंदै ४ विकेट लिए । ललित राजवंशी र विक्रम भुषालले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । धनगढीका लागि कमलले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएको थियो । खराब सुरुवात गरेको पोखराका लागि मध्यक्रममा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । रवि इन्दर सिंह २८ रनमा आउट भए । ओपनर आसिफ शेख २३ रनमा आउट भए । कप्तान शरद भेषवाकर १४ रनमा पेभेलियन फर्किए ।

पोखराले ४ रन जोड्दा पहिलो विकेटको रुपमा २ ओभर १ बलमा कुशल भुर्तेललाई ३ रनमा गुमाएको थियो । त्यसपछि ८ ओभर ३ बलमा रवि इन्दर सिंह कमल सिंह ऐरीको बलमा सुवेन्दु पाण्डेबाट क्याच आउट भए । मेहबुब आलम कमल सिंह ऐरीको बलमा बोल्ड आउट भए । आसिफ र रविले दोस्रो विकेटको लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । विनोद भन्डारीले ७ रन जोडे । विक्रम भुषाल र रसिद खान रनमा क्रिजमा रहे । धनगढीका कमल सिंह ऐरीले ४ विकेट लिए । पिटर डेभिड ट्रेगो, ड्यानियल लरेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिए ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.