default_image

6 years ago

November 2, 2018

नमस्ते पीपीएल : आज दुई खेल हुँदै ,सबै टोलीलाई जित्नै पर्ने दबाबै दबाब !

63 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा रंगशालामा आज पनि दुई खेल हुँदै छन् । दुवै खेलमा संलग्न चारै टोलीलाई प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई मजबुती दिन जित्नै पर्ने दबाब रहेको छ ।

पहिलो खेलमा घरेलु टोली पोखरा र धनगढी एक्स्पर्टबीच खेल हुने छ । धनगढीको लागि आजको खेल समुह चरणको अन्तिम हुने छ भने पोखराको लागि चौथो । जारी प्रतियोगितामा धनगढी ४ खेलमा दुईमा जित र समान खेलमा हारका साथ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेलमा पोखरालाई फराकिलो अन्तरले हराउन सके र अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउन सके धनगढीले प्ले अफमा आफ्नो बनाउन सक्ने छ ।

धनगढी पहिलो खेलमा काठमाडौंसँग १७ रनले पराजित हुँदा दोस्रो खेलमा विराटनगरलाई ७८ रनले हराएको थियो । तेस्रो खेलमा चितवनसँग १ सय २६ रनले पराजित भयो । त्यस्तै चौथो खेलमा वुटवललाई २० रनले हराउदै अघिल्लो चरणको आसा पुन कायमै राखेको हो । यदि आजको खेलमा पराजित भएपनि अन्य टोलीको नतिजा अनुकूल आएमा धनगढीको झिनो सम्भावना बाँकी नै रहनेछ ।

घरेलु टोली पोखरा सुरुवाती ३ खेलमा दुईमा जित र १ मा हारका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो पार्न पोखरालाई आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा अघिल्लो चरण पुग्न अन्य नतिजाको भर पर्नु पर्नेछ । पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

त्यस्तै आजको दोस्रो खेलमा बुटवल र काठमाडौँबीच प्रतिस्पर्धा हुने छ । काठमाडौँ सुरुवाती ३ खेलमा १ मा हार २ मा जितका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले हराउँदा विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । तर तेस्रो खेलमा चितवनसँग १३ रनले पराजित हुन पुग्यो । अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन काठमाडौँलाई जित्नै पर्ने दवाव रहेको छ ।

यता चार खेलमा २ मा हार र २ मा जितका साथ शिर्ष स्थानमा रहेको बुटवललाई प्ले अफ सम्भावना बलियो पार्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा चितवनलाई ७० रनले हराएको चितवनले दोस्रो खेलमा पोखरालाई ३३ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको थियो । तर तेस्रो खेलमा विराटनगरसँग १२ र चौथो खेलमा धनगढीसँग २० रनले पराजित हुँदा अघिल्लो चरण कठिन बनेको हो ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.