6 years ago
November 1, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को आज भएको दोस्रो तथा ११ औँ खेलमा बुटवल बलास्टरलाई धनगढी एक्स्पर्ट ब्लुजले २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको धनगढीले ड्यानियल लरेन्स र कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट शतकीय साझेदारीसँगै ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । १ सय ६२ रनको लक्ष्य पक्ष्याएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४१ रन बनाउन सक्यो ।
बुटवलका लागि युएईका खेलाडी चिराग सुरीले ५४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ७९ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोलीलाई जिताउन सकेनन् । धनगढीको जितसँगै अंक तालिकामा पनि निकै रोमाञ्चक बन्दै गएको छ । ४ खेलमा समान दुईमा जित र हारका साथ बुटवल शीर्ष स्थानमा कायमै रहेको छ ।
पोखरा पल्टन ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रहँदा चितवन ४ खेलमा समान दुई खेलमा जित र हारका साथ तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ ३ खेलमा दुईमा जित र १ मा हारका साथ चौथो स्थानमा छ । धनगढी ४ खेलमा समान दुई खेलमा जित र हारका साथ पाँचौ स्थानमा रहँदा विराटनगर ४ खेलमा १ मा जित र ३ मा हारका साथ पुछारमा रहेको छ ।
यो अंक तालिका हेर्ने हो भने सबै टोलीको प्ले अफको संभावना रहेको छ । सोमपाल कामी कप्तान रहेको बुटवललाई निराश बनाउदै धनगढीलाई दोस्रो जित दिलाउन अन्य खेलाडीले भन्दा यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
ड्यानियल लरेन्स – धनगढीलाई अघिल्लो चरणको आशा जीवितै राख्न लरेन्सले अल राउण्डर प्रर्दशन गरे । ब्याटिङ ५२ रन प्रहार गरेका लरेन्सले बलिङ १ विकेट लिए । छैटौ ओभरमा पिटर टे«गो आउट भएपछि ब्याटिङ गर्न मैदान छिरेका लरेनसले काठमाडौका बलर सामु डटेर सामना गर्दै रन बनाए ।
२० औँ ओभरको पहिलो बलमा अभिनाष बोहोराले बोल्ड आउट गर्नु अघि लरेन्सले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । ७ ओभरमा ४३ रन बनाउन ३ विकेट गुमि सकेको अवस्थामा लरेन्सले कप्तान ऐरीसँग मिलेर १ सय ८ रनको शतकीय साझेदारी गर्दै धनगढीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
लरेन्सले ब्याटिङमा मात्र होइन बुटवलका आक्रामक ब्याटिङ गर्न सक्ने सिद्धान्त लोहनीलाई १२ बलमा १२ रन बनाई खेली रहेको अवस्थामा बोल्ड आउट गर्दै धनगढीलाई दोस्रो जित नजिक पुर्याएका थिए । लरेन्स आजको खेलमा म्यान अफ द म्याच घोषित भए ।
दिपेन्द्र सिंह ऐरी – जित्नै पर्ने दबाबमा रहेको धनगढीलाई जिताउन कप्तान ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै सुरक्षित स्कोर तर्फ लगेका थिए । धनगढीका अन्य ब्याटम्यान भन्दा खुलेर ब्याटिङ गरेका ऐरी सातौ ओभरको तेस्रो बलमा रोहन मुस्तफाले दिलिप नाथलाई बोल्ड आउट गरेपछि मैदान छिरेका थिए ।
ऐरीले लरेन्ससँग मिलेर चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको बलियो आधार तयार पारे । सुरु देखिनै धरमराएको धनगढीको ब्याटिङलाई ऐरीले अन्तिम बलसम्म खेल्दै पुन धरमराउन दिएनन् । ३९ बलको सामना गरेका ऐरीले ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रनमा नट आउट रहे ।
सागर ढकाल – नेपाली यू– १९ टिमबाट खेलि सकेका युवा स्पिनर सागर ढकालले धनगढीलाई जिताउन किफायती र उत्कृष्ट बलिङ गरे । बुटवलको मिडिल अडर धरासायी बनाउने काम गरेका ढकालले बुटवलका मुख्य दुई खेलाडीलाई पेभिलियन फर्काएका थिए । एकै ओभरमा लगातार दुई विकेट लिदैँ बुटवलमाथि दबाव राख्ने काम गरे ।
ब्यक्तिगत पहिलो स्पेल लिएर आठौ ओभरमा बलिङ गर्न आएका सागरले ५ रन खर्चिए तर कुन विकेट लिन सकेनन् । दोस्रो स्पेल लिएर १० औँ ओभरमा बलिङ गर्न आएका सागरले पहिलो वल सुरीलाई डट गराउदा दोस्रो बलमा एक रन दिएका थिए । तेस्रो बलमा बुटवलका भरपर्दा युवा ब्याट्सम्यान भिम सार्कीलाई एल पी डब्लुको शिकारमा पारेका सागरले चौथो बलमा शंकर रानालाई बोल्ड आउट गर्दै खाता सम्म खोल्न दिएनन् ।
दुबै ब्याट्सम्यान एकै ओभरमा आउट भएपछि बुटवल निकै दबावमा देखिएको थियो । धनगढीको लागि यो ओभर जितको लागि टनिङ प्वाइन्ट बन्योे । सागरले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । जुन बलिङ बुटवलका ब्याटम्यानका लागि धातक सावित हँुदा धनगढीको लागि जितको आधार बन्यो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]