6 years ago
November 1, 2018
एजेन्सी – पाकिस्तानका ओपनर ब्याटम्यान अजर अलीले वान डे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । ३३ बर्षिय अलीको यो निर्णयसँगै पाकिस्तान क्रिकेट बोर्ड,फ्यान र शुभ चिन्तक आश्चर्यमा परेको छन् ।
जनवरीमा न्यजिल्यान्डबीरुद्धको खेल देखी अली पाकिस्तानको टिम बाहिर रहँदै आएका थिए । वान डे खेलमा पाकिस्तानबाट मात्र ५३ वान डे खेल खेलेका छन् । वान डे खेलमा कुल १८ सय ४५ रन बनाएका उनले ३ शतक र १२ अर्ध शतक प्रहार गरेका छन् । ३६.९० को औसतमा रन बनाउदा ७४.४५ को स्ट्राइकमा ब्याटिङ गरेका छन् । वान डे खेलमा कुल १ सय ६८ चौका प्रहार गेरेका अलीले १४ छक्का प्रहार गरेका छन् ।
पाकिस्तानकोएक पत्रिकालाई दिएको अन्तरवार्ताका अनुसार अलीले टेस्ट क्रिकेटको फोकसको लागि सन्यास लिएको बताएका छन् । पाकिस्तानलाई सन् २०१७ को च्याम्पिियनशिपको ट्रफि जिताउन अलीले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]