default_image

6 years ago

November 1, 2018

इंग्ल्यान्ड टेस्ट टोलीका सम्भावित लरेन्स पीपीएलमा चम्किंदै (अन्तर्वार्ता)

97 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – ड्यानीएल लरेन्स इंग्लिस क्रिकेटमा आशालाग्दा प्रतिभा हुन् । २१ वर्षीय एसेक्सका ब्याट्सम्यान सन् २०१८ को सुरुवातमा टेस्ट टोलीमा पर्ने चर्चा पनि चालेको थियो । कारण उनले २०१७ सिजनको काउन्टीमा निकै राम्रो प्रदर्शन गरेका थिए ।

सन् २०१७ को काउन्टीमा ४४.७६ को औसतमा रन जोडेका लरेन्स इंग्लिस टेस्ट टोलीमा पर्नेबारे चर्चा चलेको थियो । विश्व प्रसिद्ध खेलकुद वेबसाइट स्काई स्पोर्ट्सका पण्डित रब किले उनलाई आफ्नो सम्भावित इंग्ल्यान्ड टोलीमा नै समेटेका थिए । युवा उमेरमा नै एसेक्सको काउन्टी टोलीमा आफूलाई स्थापित गरेका लरेन्स इंग्ल्यान्डको दोस्रो श्रेणीको टोलीमा भने खेल्दै आएका छन् ।

लरेन्स अहिले पोखरामा आयोजित नमस्ते पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट खेलिरहेका छन् । सुरुवाती खेलमा उनको ब्याटबाट रन निस्कन नसक्दा टोलीले हार नै बेहोर्नुपर्यो । तर विराटनगर टाइटन्सविरुद्ध उत्कृष्ट बलिङ गरेर टोलीको जितमा योगदान दिएका लरेन्स बिहिबार बुटवल ब्लास्टर्सलाई पराजित गर्दा म्यान अफ द म्याच नै भए । बुटवलविरुद्ध उनले ब्याटबाट अर्धशतक मात्र जोडेनन्, बलिङ र फिल्डीङमा पनि उत्तिकै राम्रो प्रदर्शन गरे । धनगढीको इनिङस उकास्न उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग शतकीय साझेदारी पनि गरे । उनले आफ्नो स्तरअनुसार कै प्रदर्शन पनि गरे ।

लरेन्सले ब्याटिङमा ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे । बलिङमा सिद्धान्त लोहनीको महत्त्वपूर्ण विकेट लिएका लरेन्सले ४ ओभरमा २५ रनमात्र खर्चे । त्यसअघि उनले फिल्डमा रोहन मुस्तफाको महत्त्वपूर्ण विकेट लिँदा रनआउट गरे ।

खेलपछि म्यान अफ द म्याच बनेका लरेन्ससँग लिइएको अन्तर्वार्ता (भिडियो) :

आजको प्रदर्शन कस्तो रहयो ?

आज समग्र टोलीको प्रदर्शन नै राम्रो रहयो । व्यक्तिगत रुपमा मेरो लागि रन हान्नु सुखद पक्ष भयो । हाम्रो कप्तान दीपेन्द्रले पनि निकै राम्रो खेले । उनको र मेरो साझेदारी नै खेलको महत्त्वपूर्ण पाटो थियो । हाम्रो लागि यो जितको महत्त्व धेरै छ । अब अगाडी बढ्न भोलीको खेलमा पनि जित दर्ता गर्नुपर्छ, र अलि फराकिलो जितको आवश्यकता पर्नेछ ।

पछिल्ला खेलमा रन निस्केको थिएन, आज के फरक थियो ?

पछिल्लो खेलमा ओपनरको रुपमा आएकोमा आज चौथो नम्बरमा ब्याटिङ गर्न आएको थिएँ । यसो गर्दा मैले केहि समय खर्चन पाएँ । पिचको अवस्थालाई पनि बिस्तारै बुझ्न थालेको छु । अब आउने खेलमा केहि रन प्रहार गर्नेमा विश्वस्त छु ।

आज ब्याटिङमा सुस्त सुरुवात भयो, पिच ब्याटिङ गर्न केहि कठिन थियो ?

हामी खराब स्थितिमा रहेका कारण पनि सुरुवात सुस्त गर्नुपरेको हो । बलियो साझेदारी बनाउनुपर्ने हुनाले त्यसलाई प्राथमिकतामा राखेर पछि बिस्तारै गति बढाउन सक्यौं ।

ब्याटिङसँगै बलिङमा पनि राम्रो प्रदर्शन भएको छ, यसले निरन्तरता पाउला ?

विश्वस्त छु ।  अहिलेसम्म बलिङ पनि राम्रो नै भएको छ । औसतमा ५ रन प्रतिओभर खर्चेको कारण पनि यसलाई निरन्तरता दिने नै सुर छ ।

इंग्ल्यान्डमा एसेक्सबाट खेलेर नेपाल आउँदा यहाँको क्रिकेट कस्तो लाग्यो ?

यहाँको क्रिकेट स्तर देखेर निकै प्रभावित भएको छु । मैले नेपालमा आशालाग्दा युवा खेलाडीहरु देखेको छु । तीमध्य एक त हाम्रो टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी नै हुन् । उनी निकै राम्रा खेलाडी हुन् । नेपाली क्रिकेटको भविष्य निकै उज्ज्वल देखिन्छ ।

सौरभ खनालको आक्रामक ब्याटिङ कस्तो लाग्यो ?

उनी हाम्रो टोलीका फिनिसर हुन् । व्यक्तिगत रुपमा पनि राम्रा छन् । उनले राम्रो तरिकाले छक्का प्रहार गर्छन् । टोलीमा उनलाई आक्रामक सट खेल्ने स्वतन्त्रता दिने योजना छ, जसमा उनी सफल हुँदै आएका छन् ।

विपक्षी टोलीको स्तर कस्तो पाउनुभयो ?

अन्य टोलीको खेलाडी पनि राम्रा छन् । मैले यहाँ आउनुभन्दा अगाडी अपेक्षागरेभन्दा निकै राम्रो पाएँ । हाम्रो टोली अरुभन्दा केहि युवा जोशले भरिपूर्ण छ । अनुभवको केहि कमी छ तर हाम्रो स्तरअनुसार खेल्ने हो भने  नतिजा निकाल्न सक्छौं ।

नेपाल आउनुअघि यहाँबारे केहि थाहा थियो ?

अहँ, केहि थाहा थिएन । मैले अघिपनि भनें यहाँको क्रिकेट निकै राम्रो रहेको पाएँ । सोचेभन्दा पनि राम्रो क्रिकेट खेल्न पाइरहेको छु ।

ट्रेगोको साथले कति सहज भएको छ ?

उनी अनुभवी क्रिकेटर हुन् । उनले इंग्ल्यान्डमात्र नभएर विश्वका धेरै देशमा टि-२० क्रिकेट खेलेका छन् । उनले दिएको सुझावले सहयोग पुगेको छ र उनले आफैं पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगितामा धनगढीको सम्भावना कस्तो छ ?

पहिला त भोलीको खेलमा जित दर्ता गर्नुपर्यो । त्यसपछि प्लेअफ खेल्दै सम्भावना राम्रो छ । हामीले बलिङमा अपेक्षित प्रदर्शन गर्यौं भने नतिजा आफ्नो पक्षमा पार्न सक्छौं ।

भिडियो:

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.