default_image

6 years ago

November 1, 2018

भारतलाई एक दिवसिय श्रृखंला, वेस्ट इन्डिज फेरि पराजित

65 views

0 Bookmark

केरला (एजेन्सी)-  वेस्ट इन्डिजसँगको पाँच वान डे क्रिकेट श्रृंखला भारतले ३ – १ ले जितेको छ । आजको भएको पाँचौ तथा अन्तिम खेलमा खेलमा पाहुना टोली वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै श्रृंखला आफ्नो कव्जामा पारेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४.५ बलमा १ विकेट गुमाउदैँ लक्ष्य सहजै पुरा गरेको हो । भारतको सहज जितमा ओपनर रोहित शर्माले ५६ बलमा ५ चौका र ४ चौका प्रहार गर्दै ६३ रनमा नट आउट रहे । त्यस्तै शिखर धवन ६ रनमा आउट हुदाँ कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

यस अघि ग्रिनफिल्ड इन्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ३२ औं ओभरमा अलआउट हुँदै मात्र १ सय ४ रन जोड्न सक्यो । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २५ तथा मार्लन स्यामुएल्सले २४ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य पर्दशन गर्न सकेनन् ।

वेस्ट इन्डिजका ३ ब्याटम्यानले खाता सम्म खोल्न नसक्दा ५ ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा अल आउट गर्न भारतका रविन्द्र जडेजाले ४, जसप्रति बुमराह र खलिल अमिदले समान दुई विकेट लिए ।

त्यस्तै भुवनेश्वर कुमार र कुलदीप यादवले समान एक विकेट हात पारे । यस अघि पहिलो खेल भारतले ८ विकेटले जित्दा दोस्रो खेल टाई भएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिज ४३ रनले विजयी हुँदा चौथो खेलमा २ सय २४ रनले पराजित भएको थियो । अव वेस्ट इन्डिज र भारतबीच अव ३ टी– २० क्रिकेट श्रृंखला हुने छ । पहिलो खेल आगमी नोभेम्बर ४ मा इडेन गार्डेन कोलकर्तामा हुने छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.