default_image

6 years ago

November 1, 2018

पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

40 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ ।

चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा काठमाडौंले ३ रनमात्र जोड्न सक्यो । काठमाडौका लागि गौरव तमोरले ३९ रनको योगदान दिए । मध्यम शुरुवात गरेको काठमाडौंका लागि पवन सर्राफ र गौरव तमोरले तेस्रो विकेटको लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ३० रनमा करण केसीबाट बोल्डआउट भए । पवन सर्राफ २८ रन बनाए । ओपनर जयकिसन कोल्सवाला १८ रनमा पेभेलियन फर्किए । पृथु बास्कोटा ४ रनमा आउट भए । अमित श्रेष्ठ १ रनमा आउट भए । चितवनका करण केसीले ३ विकेट लिए । पारस खड्काले २ तथा सन्नी पटेल र स्मित पटेलले समान १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय अनिल कुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए ।

७ ओभर २ बलमा अनिल साह पहिलो विकेटको रुपमा २७ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा नन्दन यादवबाट बोल्ड आउट भए । हरि शंकर साह र स्मिथ पटेलले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । स्मित पटेल ३१ रनमा रन आउट भए । सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका नन्दन यादव, बसन्त रेग्मी र पवन सर्राफले समान १ विकेट लिए ।

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

September 22, 2024

पारसले लिजेन्ड्स लिग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेटमा सहभागी नहुने भएका छन्। भारतमा शुक्रवार सुरु लिजेन्ड लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् । ‘आज काठमाडौं जिल्ला क्रिकेट संघ तथा भोली बागमती प्रदेश क्रिकेट संघको साधारण सभा छ । दुई दिन यसैमा व्यस्त रहन्छु,’ नेपाल […]

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

Success

Thank you for your time.