9 years ago
March 17, 2016
सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ललित बलमे ३३ रनको ईनिंग खेले । ९ रनमा ३ विकेट गुमाएको अवस्थामा विनोद लामा र ललित बमले १ सय ११ रनको लामो साझेदारी गर्दै टीमलाई उकासेका थिए । हसनपुरका बसन्त सिंह कार्कीले अन्तिम बलमा छक्का प्रहार गर्दै नटआउाट १६ रन बनाए ।
चौराहाका सोनु तामांगले ४ विकेट लिए । त्यस्तै अर्जुन सावाद, योगेन्द्र सिंह कार्की र पदम केसीले समान १ विकेट लिए ।
दोस्रो ईनिंगमा चौराहाका सोनु तामांगले ४३ रनको पारी खेल्दै २० ओभरमा समान १ सय ४५ रन बनायो । त्यस्तै ओपनर विपिन रावले २७ रनको पारी खेले ।
खेल सुपर अोभरमा पुऱ्याउान हसनपुर रोयल्र्सका विनोद लामाले अन्तिम ओभरमा कसिलो बलिंग गरे । ४ ओभर बलिंग गरेका लामाले २३ रन दिएर २ विकेट लिए । म्यान अफ द म्याच विनोद लामालाई धनगढी जेसिजका अध्यक्ष हेमराज जोशी र कार्यकारी उपाध्यक्ष टेकराज पनेरुले सयुंक्त रुपमा ५ हजार नगद सहित पुरुष्कार प्रदान गरे ।
सुपर ओभरमा धकेलिएको खेलमा पहिलो पहिले ब्याटिंग गरेको चौराहाले ४ रनको मात्र टार्गेट बनाउान सक्यो । ओपनिंग ब्याट्सम्यान योगेन्द्र सिंह कार्की १ रनमा रनआउाट र सोनु तामांग पनि एकै रनमा क्याच आउाट भएपछि हसनपुर रोयल्र्सले ४ रनको सानो टार्गेट पाएको थियो । हसपुर रोयल्र्सका लागि प्रकाश थापाले २ रन बनाउादै एलविडब्लु भएभने बसन्त सिंह कार्कीले १ रन बनाउादै हसनपुरलाई अंक तालिकाको दोस्रो स्थानमा पुर्याए ।
विहान भएको खेलमा सिवाईसी अत्तरियाले क्याम्पसरोड माथि ६ विकेटको जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पसरोडले १९.२ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय ७ रन बनायो । सन्तोष भट्टले ३९ रनको पारी खेले । उनले ३७ बलमा १ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै क्याम्पसरोडका रोमन बमले १२ र लोकेश बमले ११ रन बाहेक अन्यले दोहोरो अंक बनाउान नसक्नु क्याम्पसरोडको हारको प्रमुख कारण बन्यो ।
बलिंग तर्फ सिवाईसी अत्तरियाका नबिन भण्डारीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै ज्ञानेन्द्र कुवारले २ तथा मेहबुब आलम, सुरेन्द्र चन्द र नरेश बोहराले समान १ विकेट लिए ।
सिवाईसी अत्तरियाले ईनिंगको २ बल बाकीं रहदा लक्ष्य भेटायो । अत्तरियाले १९.४ ओभरमा ४ विकेट गुमाउादै लक्ष्य भेटायो । अत्तरियाका ओपनर सुरेन्द्र चन्दले नटआउाट अर्धशतक (५० रन) पुरा गरे । उनले ५ चौका र १ छक्का प्रहार गर्दै टीमलाई जित दिलाएका थिए । त्यस्तै अत्तरियाका लागि नरेश बोहराले २५ रन बनाए । कप्तान महबुब आलम ३ रनमा आउाछ भए ।
त्यस्तै क्याम्पसरोडका सागर भण्डारीले २ तथा सन्तोष भट्टले १ विकेट बाहेक अन्यले विकेट पाएनन् ।
खेलका म्यान अफ द म्याच सिवाईसी अत्तरियाका सुरेन्द्र चन्दले नगद ५ हजार हात पारे । उनलाई सगरमाथा सिमेन्ट डिसिएल ३ का टेक्निकल प्रमुख तथा अन्तराष्ट्रिय अम्पायर विनय कुमार झाले प्रदान गरे ।
त्यस्तै शुक्रबार (भोली) विहान सिवाईसी अत्तरिया र सन्तोषी टोल तथा दिउासो चौराहा र क्याम्पस रोड भिड्नेछन ।
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]
April 29, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]