default_image

6 years ago

November 1, 2018

पीपीएलः चितवनद्वारा काठमाडौंलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत

70 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – चितवन राइनोजले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा हुलास काठमाडौं रोयल्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ ।

पीपीएलको सातौ दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय अनिल कुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए ।

७ ओभर २ बलमा अनिल साह पहिलो विकेटको रुपमा २७ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा नन्दन यादवबाट बोल्ड आउट भए । हरि शंकर साह र स्मिथ पटेलले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । स्मित पटेल ३१ रनमा रन आउट भए । सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका नन्दन यादव, बसन्त रेग्मी र पवन सर्राफले समान १ विकेट लिए ।

यो खेलमा जित हात पारे काठमाडौंले प्ले अफमा स्थान बनाउनेछ । हारले पनि काठमाडौंको प्ले अफ पुग्ने सम्भावना जीवितै रहनेछ । यता, चितवले यो खेल जितेको अवस्थामा भने प्ले अफ पुग्ने सम्भावना बलियो बनाउने छ । काठमाडौं भने लिगमा अपराजित छ । चितवनले दुई खेलमा जित र १ खेलमा जित निकालेको छ ।

काठमाडौंले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.