6 years ago
November 1, 2018
एजेन्सी – न्युजिल्यान्डविरुद्धको तीन टी- २० क्रिकेट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले रोमाञ्चक जित निकालेको छ । बुधबार राती भएको खेलमा पाकिस्तान २ रनले विजयी भएको हो ।
पाकिस्तानले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ६ विकेट गुमाउँदै मात्र १ सय ४६ रन बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा शाहिन शाह अफ्रिदीले १४ रन दिदै २ रनको रोमाञ्चक जित दिलाए । यो जितसँगै पाकिस्तानले पछिल्लो ११ टी-२० खेलमा लगातार जित निकालेको छ । न्युजिल्यान्डलाई ओपनर कोलिन मुनरो र ग्लेन फिलिप्सले ६ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरमा रामो पाट्नरशिप हुन नसक्दा झिनो अन्तरले पराजित हुन पुगेको हो ।
न्युजिल्यान्डका लागि ओपनर मुनरोले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । रोश टेलर २६ बलमा ३ चौका प्रहार गर्दै ४२ रनमा नट आउट रहे । न्युजिल्यान्डका अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानका हसन अलीले ३ ता इमाद वासिम र सादव खानले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । १० रनको स्थितिमा दुवै ओपनर गुमाएको पाकिस्तानका लागि मोहम्मद हफिज र आसिफ अलीले इनिङ्स उकासेका थिए । हफिजले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए । आशिफले २४, कप्तान सरफराज अमिद ३४ रन बनाउँदा इमाद वासिम १४ र फहिम असरार्फ १० रनको योगदान दिए । न्युजल्यान्डका लागि एडम मिल्नीले २ तथा अजाज पटेल,इश सोधि र कोलिन डि ग्रान्डहहोमले समान एक विकेट लिए । दोस्रो टी -२० खेल शुक्रबार हुने छ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]