default_image

6 years ago

October 31, 2018

विराटनगरको पहिलो जितमा नायक ३ खेलाडी

27 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को आज भएको दोस्रो खेलमा बुटवल बलास्टर्सलाई १२ रनले पराजित गर्दै विराटनगर टाइटन्सले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

जितसँगै विराटनगरले पनि प्ले अफको झिनो अंक गणितिय संभावना कायमै राखेको छ । यता प्रतियोगितामा बुटवलको पहिलो हार हो । १ सय ४१ रनको सामान्य लक्ष्य पक्ष्याएको वुटवल सन्दीप र किशोरको उत्कृष्ट बलिङ सामु ८ विकेट गुमाउदै मात्र १ सय २८ रन बनाउन सक्यो । विराटनगरका यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दा सोमपालको टीम बुटवल निराश बन्नु परेको थियो ।

किशोर महतो

राष्ट्रिय टोलीमा डेब्यूको पर्खाइमा रहेका त्रिब गतिका युवा बलर किशोर महतोले उत्कृष्ट प्रर्दशन गरे । वुटवललाई अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा मेडन ओभर सहित एक सिद्दान्त लोहनीलाई रन आउट गर्दै विराटनगरको पहिलो जित पक्का गरे । आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा आएका महतोले दोस्रो बलमै चिराग सुरीलाई पेभिलिएन फर्काएका थिए । सुरीले खाता सम्म खोल्न पाएनन् । ब्यक्तिगत दोस्रो स्पेलको चौथो ओभरमा बलिङ गर्न आएका किशोरले युएईका कप्तान तथा वुटवलका भरपर्दा ब्याटम्यान रोहन मुस्तफालाई पुष्प थापाको हातबाट क्याच गराउदै १ रनमा पेभिलिएन फर्काएपछि वुटवल निकै दवावमा परेको थियो ।

त्यस्तै १४ औँ ओभरमा बलिङ गर्न आएको उनले ७ रन खर्चिए तर विकेट लिन सकेनन् । १८ औँ ओभरमा साहव आलमले भिम सार्कीलाई ५० रनमा रन आउट गराउदा सोमपाल कामीलाई ७ रनमा आउट गरेपछि खेलले नयाँ मोड लियो । रोमाञ्चक बन्दै खेल अन्तिम ओभर सम्म पुग्योे । अन्तिम ओभरमा वुटवललाई जितको लागि ६ बलमा १३ रन चाहिएको थियो । सन्दीपले महतोलाई विश्वास गर्दै बलिङ दिए । पहिलो बल डट खाएका सांसद शेखले दोस्रो बलमा रन लिन खोज्दा सिद्धान्त लोहनी राजु रिजालको रन आउटको शिकार बने । त्यसपछि ब्याटिङ गर्न आएका विपिन खत्रीले अन्य ४ बलमा कुनै पनि बल छुन सकेनन् र विराटनगर १२ रनले विजयी हुँदै पहिलो जित निकाल्न सफल भयो । महतोले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए ।

सन्दीप लामिछाने

विराटनगरलाई पहिलो जित दिलाउन कप्तान सन्दीपले उत्कृष्ट बलिङ गरे । कुनै समय निकै बलियो स्थितीमा पुगी सकेको बुटवलका दुई महत्वपूर्ण विकेट एकै ओभरमा लिदैँ सन्दीपले टीमलाई खेलमा फर्काएका थिए । सुरुवाती दुई ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए तर कुनै विकेट लिन सकेनन् । ब्यक्तिगत तेस्रो स्पेल लिएर १५ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपको ओभरनै विराटनरको लागि टनिङ प्वाइन्ट बन्यो । १५ ओभरको पहिलो बलमा भिम सार्कीले दुई रन लिए दोस्रो बलमा डट खान पुगे र तेस्रो बलमा १ रन लिए । चौथो बलमा २३ रन बनाएर खेली रहेका शंकर रानालाई बोल्ड आउट गर्दा पाँचौ बल प्रकाश केसिलाई डट गराएका थिए । अन्तिम बलमा केसीलाई बोल्ड गर्दै खाता खोल्न नदिई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो । सन्दीपले ४ ओभर बलिङ गरेर २४ रन खर्चदै २ विकेट लिए ।

मोहम्मद जैद आलम

सुरुवाती खेलमा उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई जिताउन नसक्दा निरास बनेका आलम आजको खेलमा भने निरास हुन परेन । आलमले उत्कृष्ट ब्याटिङ गर्दै विराटनगरलाई सम्मानजक र प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याएका थिए । ओपनिङ ब्याटिङ गर्न आएका उनले खुलेर ब्याटिङ गरे । आक्रमक शैलीमा ब्याटिङ गर्ने उनले आज पनि त्यहि शैलीमा खेले । १५ ओभरको तेस्रो बलमा सागर पुनले आउट गर्नु पुर्व उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७२ रनको आक्रमक ब्याटिङ गरे । म्यान अफ द म्याच घोषित आलमले काठमाडौँबीरुद्ध ६७ रन प्रहार गरे पनी टोलीलाई जिताउन सकेका थिएनन् ।

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

September 22, 2024

पारसले लिजेन्ड्स लिग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेटमा सहभागी नहुने भएका छन्। भारतमा शुक्रवार सुरु लिजेन्ड लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् । ‘आज काठमाडौं जिल्ला क्रिकेट संघ तथा भोली बागमती प्रदेश क्रिकेट संघको साधारण सभा छ । दुई दिन यसैमा व्यस्त रहन्छु,’ नेपाल […]

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

Success

Thank you for your time.