6 years ago
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ ।
विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा किशोर महतोले कसिलो बलिङ गर्दै मेडन फ्याँके । उनले समग्रमा ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । बुटवलका लागि भीम सार्कीले सर्वाधिक ५० रन बनाए । उनले रनआउट हुनुअघि ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुन ३३ बलमा २९ रन जोड्दै आउट भए । मध्यक्रमका शंकर राना २३ रनमा सन्दीप लामिछानेबाट बोल्ड आउट भए । चिराग सुरी र प्रकाश केसीले खाता खोल्न सकेनन् ।
रोहन मुस्ताफा १ रनमा किशोर महतोको बलमा मोहम्मद जायदबाट क्याच आउटको शिकार भए । सोमपाल कामीले ९ बलमा ७ रनमात्र जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २ विकेट लिए । सुनिल धमला र साहब आलमले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । मध्यम शुरुवात गरेको बिराटनगरका लागि मोहम्मद जायद आलमले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । जायदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । प्रदीप ऐरीले ४१ रन जोडे । ऐरीले ४३ बलमा ३ छक्का प्रहार गरे । उनीहरुले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । राजु रिजालले ८ रन जोडे । राजेश पुलामी १ रनमा आउट भए ।
पहिलो विकेटको रुपमा सुनिल धमला शुन्यमा आउट भएका थिए । त्यसपछि जितेन्द्र सिंह ठकुरी २ रनमा आउट भए । पुष्प थापा ४ रनमा नट आउट रहे । बुटवलका ललितसिंह भन्डारीले २ तथा विपीन खत्री, मोहम्मद संसाद शेख र सागर पुनले समान १ विकेट लिए ।
यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना जिवितै रहेको छ । सुरुवातको तीन खेलमा पराजित भएपनि विराटनगरले गणितीय सम्भावना कायम राखेको हो । विराटनगरले अब चितवन राइनोजसँग खेल्न बाँकी छ ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]