default_image

6 years ago

October 31, 2018

पीपीएल: बुटवललाई १ सय ४१ रनको मध्यम लक्ष्य

37 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बिराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ ।

पीपीएलको पाँचौ दिनको दोस्रो खेलमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७  विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । मध्यम शुरुवात गरेको बिराटनगरका लागि मोहम्मद जायद आलमले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । जायदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

प्रदीप ऐरीले ४१ रन जोडे । ऐरीले ४३ बलमा ३ छक्का प्रहार गरे । उनीहरुले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । राजु रिजालले ८ रन जोडे । राजेश पुलामी १ रनमा आउट भए ।

पहिलो विकेटको रुपमा सुनिल धमला शुन्यमा आउट भएका थिए । त्यसपछि जितेन्द्र सिंह ठकुरी २ रनमा आउट भए । पुष्प थापा ४ रनमा नट आउट रहे ।
बुटवलका ललितसिंह भन्डारीले २ तथा विपीन खत्री, मोहम्मद संसाद शेख र सागर पुनले समान १ विकेट लिए ।

बुटवलले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

आजको खेलमा जित हात पार्दै विराटनगर प्ले अफमा पुग्ने गणितीय सम्भावनालाई जीवितै राख्नेछ । बुटवलसँग पराजित भए प्रतियोगिताको लिग चरणबाटै बाहिरिनेछ । यता, बुटवलले लगातार तेस्रो जित निकाले प्ले अफलाई अझै बलियो बनाउनेछ ।

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

September 22, 2024

पारसले लिजेन्ड्स लिग नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेटमा सहभागी नहुने भएका छन्। भारतमा शुक्रवार सुरु लिजेन्ड लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् । ‘आज काठमाडौं जिल्ला क्रिकेट संघ तथा भोली बागमती प्रदेश क्रिकेट संघको साधारण सभा छ । दुई दिन यसैमा व्यस्त रहन्छु,’ नेपाल […]

September 22, 2024

विश्वकप लिग टु – नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय […]

Success

Thank you for your time.