6 years ago
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को आठौं खेलमा चितवन राइनोजले धनगडी एक्स्पर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो रन अन्तरले पराजित गर्दै पहिलो जित निकालेको छ । यो जितसँगै चितवनको प्ले अफको संभावानमा कायमै रहेको छ ।
पहिलो खेलमा वुटवलसँग ७० र घरेलु टोली पोखरासँग ५ विकेटले पराजित भएपछि कप्तान पारसको टिम निकै दवावमा परेको थियो । आज भएको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले हरि शंकर शाह र अनिल कुमार शाहको उच्च प्रर्दशनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ९३ रन बनाएको थियो ।
१ सय ९४ रनको लक्ष्य पक्ष्याएको धनगढी १६.२ ओभरमा अल आउट हुँदै मात्र ६७ रन बनाउन सक्यो । धनगडीका दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । ४ खेलाडी डक आउट हुँदा ६ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । अव धनगडी अघिल्लो चरणमा प्रवेश गर्नको लागि दुबै खेल जित्नै पर्ने हुन्छ र अन्य टोलीको नजिता आफु अनुकुल आनुपर्ने छ । चितवनलाई पहिलो खेल जिताउन यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
सन्नी पटेल
सुरुवाती दुई खेलमा राम्रो प्रर्दशन गर्दा गर्दै पनि टोलीलाई जिताउन नसकेका पटेलले आज झनै राम्रो उत्कृष्ट प्रर्दशन गर्दै चितवनलाई पहिलो जित दिलाए । आक्रमक ब्याटिङ गरेका पटेलले धातक बलिङ गरे । १६ औँ ओभरको तेस्रो बलमा आरिफ शेख डक आउट भएपछि ब्याटिङ गर्न आएका उनले मात्र १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा नट आउट रहे । ब्याटिङमा मात्र होइन पटेलले बलिङ पनि उत्कृष्ट प्रर्दशन गरे । मात्र ३.२ ओभर बलिङ गर्दै ८ रन खर्चेर ४ विकेट लिए । धनगडीका ओपनिङ तथा तल्लोकम्रका ब्याटम्यानलाई पेभिलिएन फर्काएका थिए ।
दोस्रो ओभरको पहिलो बलमै ड्यानियल लरेन्सलाई हरि शंकर शाहबाट उत्कृष्ट क्याच गराउँदै खाता खोल्न नदिई पेभिलिएन फर्काएका उनले चौथो ओभरको चौथो बलमा सन्दीप सुनारलाई १ रनमा आउट गरे । १७ ओभरको पहिलो बलमा मञ्जित श्रेष्ठलाई २ रनमा आउट गर्दा र दोस्रो बलमा रविन क्षेत्रिलाई डक आउट गरेका थिए । १७ औँ ओभरमा लगातार दुई विकेट लिएका पटेल ह्याट्रिकमा रहेका छन् । काठमाडौँबीरुद्ध हुने खेलमा पटेलले आफ्नो पहिलो ओभरको पहिलो बलमा विकेट लिन सके ह्याट्रिक गर्ने छन् । पटेल आजको खेलमा म्यान अफ द म्याच घोषित भए ।
हरि शंकर शाह
सुरुवाती दुई खेलमा राम्रो प्रर्दशन गर्न नसकेका शाहले आजको खेलमा टिमको उत्कृष्ट ब्याटिङ र फिल्डिङ गरे । ओपनिङ ब्याटिङ गर्न आएका शाह १२ ओभर तेस्रो बलमा विकेट किपर दिलिप नाथको हातबाट क्याच आउट हुनु अघि उत्कृष्ट प्रर्दशन गरे । खुलेर ब्याटिङ गरेका शाहले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए । आफ्नो ब्याटबाट रन मात्र होइन शाहले अर्का ओपनर अनिलसँग पहिलो विकेटका लागि १ सय १ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनलाई ठूलो योगफल तयार पारेका थिए । त्यस्तै धनगडीका महत्वपूर्ण ब्याटम्यान लरेन्सलाई डक आउट गराउन शाहले सन्नी पटेलको दोस्रो ओभरको पहिलो बलमा उत्कृष्ट क्याच पनि लिएका थिए । शाह आजको खेलमा उत्कृष्ट क्याच लिने खेलाडी समेत घोषित भए ।
हरिशंकर साह
स्मित पटेल
चितवनलाई पहिलो जित दिलाउनको स्मिथले अल राउण्डर प्रर्दशन गरे । ब्याटिङमा २४ रन जोडेका उनले बलिङ महत्वपूर्ण २ विकेट लिए । ११ ओभरको तेस्रो बलमा हरि शंकर साह ५३ रनमा आउट भएपछि ब्याटिङ गर्न आएका पटेल १८ ओभरको दोस्रो बलमा लरेन्सको बलमा आउट हुनु अघि १७ बलमा २४ रन जोडे । उनले ४ चौका प्रहार गरेका थिए । पटेलले अडर धनगडीका प्रमुख दुई खेलाडीलाई पेभिलिएन फकाउदैँ चितवनको फराकिलो जित पक्का गर्ने काम गरे । धनगडीका कप्तान दिपेन्द्र ऐरीलाई १ रनमा आउट गर्दा अर्का आक्रमक ब्याटम्यान सौरभ खनाललाई ८ रनमा पेभिलिएन फर्काउदैँ चितवनलाई पहिलो जित नजिक पुर्याएका थिए ।
के भन्छन् कप्तान पारस खड्का ?
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]