6 years ago
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गरेपछि चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ९४ रनको विजयी लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार पारेको थियो । राम्रो शुरुवात गरेका चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय हरि र अनिलले उच्च प्रदर्शन गरे । ३२ बलमा अर्धशतक पूरा गरेका हरिले ५३ रन जोडे । उनले ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर अनिले साहले ३७ रनको योगदान दिए ।
अनिल आउट भएलगत्तै हरि पनि आउट भए । स्मित पटेलले २४ रनमा तथा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । महँगा खेलाडी आरिफ शेख फेरि शुन्यमा आउट भए । पहिलो खेलमा खाता खोल्न नसकेका आरिफले दोस्रो खेलमा ब्याटिङ पाएका थिएनन् । करण केसी र सन्नी पटेलले छैटौ विकेटको लागि ३१ रनको साझेदारी गरे । सन्नी पटेल २६ र करण ११ रनमा नटआउट रहे । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, मन्जित श्रेष्ठ, आरिफ शेख र ड्यानियल लरेनसले समान १ विकेट लिए । धनगढीले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
हरिशंकर साह
सुरुवाती दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित भए चितवनको लिग चरणबाटै घर फर्किनुपर्ने हुन्छ । यता, एक खेलमा जित र अर्को खेलमा पराजित भएको धनगढी आजको खेलमा जित हात पार्दै प्लेफ अफ पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा हुनेछ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]