6 years ago
October 31, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा कप्तान पारस खड्का रहेको चितवन राइनोज र युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी कप्तान रहेको धनगडी एक्स्पर्टबीच प्रतिस्पर्धा हुने छ । खेल ९ बजेबाट हुने छ ।
सुरुवाती दुई खेलमा पराजित भएको चितवनलाई उपाधि होडको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा चितवन समुह चरणबाटै घर फकिनु पर्ने हुन्छ । चितवन पहिलो खेलमा वुटवलसँग ७० रनले पराजित हुदा दोस्रो खेलमा घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले पराजित हुन पुगेको थियो । यता एक खेलमा जित र अर्को खेलमा पराजित भएको धनगडीलाई अघिल्लो यात्रा बलियो बनाउन तेस्रो खेल जित्न पर्ने दवाव रहेको छ । धनगडी पहिलो खेलमा काठमाडौँसँग १७ रनले पराजित हुदाँ दोस्रो खेलमा विराटनगरलाई ७८ रनले हराएको थियो ।
त्यस्तै आजको खोस्रो खेलमा विराटनगर टाइटन्सले बलियो टोली वुटवल बलास्टरको सामना गर्ने छ । खेल १ : १५ बाट सुरु हुने छ । सुरुवाती दुई खेलमा जित निकालेको सोमपाल कामी कप्तान रहेको बुटवल प्रतियोगितामा कमजोर देखिएको विराटनगरमाथि जित निकाल्दैँ अंक तालिका शिर्ष स्थानमा कायमै रहन चाहान्छ । पहिलो खेलमा चितवनलाई ७० र दोस्रो खेलमा घरेलु टोली पोखरालाई ३३ रनले पराजित गरेको वुटवलको उच्च मनोवल समेत रहेको छ । ब्याटिङ र बलिङ दुबैमा निकै बलियो देखिएको वुटवलसँग विराटनगर पराजित भए समुह चरणबाटै बाहिरिने पहिलो टिम बन्ने छ ।
सुरुवाती तीन खेलमा लगातार पराजित भएको विराटनगर बाहिरिन अनौपचारिक निर्णय मात्र बाँकी रहेको छ । विराटनगर पहिलो खेलमा पोखरासँग ५८ रनले पराजित हुदाँ दोस्रो खेलमा धनगडीसँग ७८ रनको फराकिलो हार खान पुगेको थियो । तेस्रो खेलमा काठमाडौँसँग ५ विकेटले पराजित भएपछि विराटनगरको उपाधि जित्ने संभावनामा पुर्ण विराम लागेको हो । सन्दीप लामिछाने कप्तान रहेको विराटनगर बलिङमा बलियो देखिएपनि ब्याटिङमा निकै कमजोर देखिएको छ ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]