6 years ago
October 30, 2018
एजेन्सी – सन् २०१९ मा इङ्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखी जुल १४ सम्म इङ्ल्यान्ड र वेल्सका विभिन्न सहरमा हँदै छ ।
अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो प्रर्दशन, नतिजा र विश्वकपको तयारी हेर्ने हो भने विश्वकपमा सबैभन्दा बलियो दावेदारको रुपमा भारतलाई लिन सकिन्छ । भारतीय क्रिकेट टोलीले विश्वकप जित्ने लक्ष्य सहित त्यहि अनुसारको तयारी गरि रहेको छ । सेप्टेम्बर ११ मा सम्पन्न इङ्ल्यान्ड भ्रमणमा खराव प्रर्दशन गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अफिसल,प्रशिक्षक, टिम छनोट कर्ता र केहि सिनियर खेलाडीको समिक्षा वैठक बोलायो । इङ्ल्यान्ड भ्रमणमा भारतले ३ टी–२० श्रृंखला २ – १ ले जित्दा ३ वान डे श्रृखला २ – १ र ५ टेष्ट श्रृखला ४– १ ले गुमाउन पुगेको थियो । जुन भ्रमण भारत सम्झन चाहान्न ।
यसै भ्रमणको समिक्षा र आगमी विश्वकपको तयारीको बारे हैदराबादामा विसीसीआईका अध्यक्ष, सिइओ, कप्तान विराट कोहली,उपकप्तान अजिन्क्य रहाने, रोहित शर्मा, प्रशिक्षक रवि शास्त्री र मुख्य चयनकर्ता एमएसके प्रसाद लगायतको बैठक बस्यो । वैठकमा विश्वकप तयारीका साथै खेलाडीहरुले आफ्ना माग र गुनासोहरु बीसीसीआई सामु ब्यक्त गरे । हैदराबाद सम्पन्न बैठकमा भारतीय खेलाडीहरुले केहि अचम्मका गुनासो र माग गरे । उक्त माग सुनेर बैठकमा केहि समय हासो चल्यो ।
भारतीय चर्चित मिडिया इन्डियन एक्सप्रेसका अनुसार,बैठकमा भारतीय खेलाडीहरुले इङ्ल्यान्ड भ्रमणको बेला आफुहरुले केरा खान नपाएको र खेल हुदाँ अनिवार्य नास्ताको रुपमा अन्य फलफुलसँगै केरा दिनु पर्ने माग राखे । बैठकमा केरा मात्र होइन विश्वकपका दौरान आफ्ना पत्नीहरुलाई लैजान र आफूसँगै साथमा राख्न पाउनुपर्ने माग समेत उठ्यो । उक्त माग कप्तान विराट कोहली स्वयंले राखेका थिए । यसैगरी बसको साटो ट्रेन प्रयोग गर्न दिनु पर्ने,खेलाडीहरु बस्ने होटलमा व्यवस्थित जिम अनिवार्य हुनुपर्ने लयागतमा अन्य माग पनि राखेको एक्सप्रेसले समचारमा सम्प्रेषण गरेको छ ।
माग सुनेपछि बीसीसीआईले खेलाडीहरुका लागि पर्याप्त केरा खरिद गर्न आदेश दिएको छ भने पत्नीहरुलाई साथमा राख्नेसम्बन्धी विषयमा टिमका सबै सदस्यहरुसँग लिखित सहमति माग्ने जनाएको छ । त्यस्तै बसको सट्टा ट्रेन प्रयोग गर्दा सुरक्षाको चिन्ता हुने बीसीसीआईले खेलाडीलाई बताएको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]