default_image

6 years ago

October 30, 2018

वेस्ट इन्डिजविरुद्ध भारतको फराकिलो जित

58 views

0 Bookmark

एजेन्सी – ओपनर रोहित शर्माले सचिनको रेकर्ड तोडेपछि र खलिल अमिदरले उत्कृष्ट बलिङ गर्दा वेस्ट इन्डिजलाई चौथो वान डे खेलमा भारतले २ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

३ सय ७८ रनको विसाल लक्ष्य पक्ष्याएको वेस्ट इन्डिज ३६.२ ओभरमा अल आउट हुदैँ मात्र १ सय ५३ रन बनाउन सक्यो । उस्का लागि कप्तान जोसन होल्डर ७० बलमा २ छक्का र १ चौका प्रहार गर्दै ५४ रनमा नट आउट रहे । वेस्ट इन्डिजका अन्य ब्याटम्यान किमो पाल १९,शिम्रण हेटमरले १३,मार्लन स्यामुएल्सले १८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले सझन योग्य प्रर्दशन गर्न सकेनन् । भारतका लागि अहमद र कुलदिप यादवले समान तीन विकेट लिए ।

१ सय ३७ बलमा १ सय ६२ रन बनाएका रोहितले २० चौका र ४ छक्का प्रहार गरेका थिए । रोहितले सचिनले वान डे खेलमा प्रहार गरेको कुल १ सय ९५ छक्काको रेकर्ड तोड्दै भारतीय सर्वाधिक छक्का प्रहर गर्ने दोस्रो ब्याटम्यान बने । उनले आफ्नो वान डे करियर १ सय ९८ छक्का पुर्याएका छन् । भारतीय खेलाडीमा सर्वाधिक छक्का शिर्ष स्थानमा महेन्द्र सिंह धोनीको नाम रहेको छ । उनले २ सय १८ प्रहर गरेका छन् ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३ सय ७७ रन बनाएको थियो । रोहितसँगै अम्बाती रायडुले पनि शतक प्रहार गरेपछि भारतले चौथो वान डे खेलमा विशाल लक्ष्य दिएको थियो । भारतका अन्य शिखर धवन ३८ रन जोड्दा महेन्द्रसिह धोनीले २३ रन जोडे । इन्डिजका कमर रोचले २ विकेट लिए।पाँच वान डे क्रिकेट श्रृंखला मा भारतले २ – १ का अग्रता लिएको छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.