6 years ago
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सातौँ तथा आज भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले हराउदैँ जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ । कप्तान पारस खड्का रहेको चितवनले भने लगातार दोस्रो हार खान पुगेको छ । अघिल्लो चरणको आसा कायमै राख्न चितवनले अवका सबै खेल जित्नैपर्ने हुन्छ ।
पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रन बनाउन सक्यो । १ सय ४१ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली पोखराले १७.२ ओभरमा ५ विकेट गुमाउदैँ १ सय ४६ रन बनाउदै लक्ष्य सहजै पुरा गर्यो । चितवनका लागि पारसले ४४ र सन्नी पटेलले ४६ रनको आक्रमक ब्याटिङ तथा करण के सीले किफायी बलिङ गर्दै ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् । पारसको टिम चितवनलाई लगातार दोस्रो पटक निरास बनाउन पोखराका यी २ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
रवि इन्दिर सिंह
घरेलु टोली पोखरालाई सहज जित दिलाउन भारतीय खेलाडी सिंहले आक्रमक उत्कृष्ट अर्ध शतक प्रहार गरे । १७ ओभरको तेस्रो बलमा करण केसीले शक्ति गौचनको हातबाट क्याच आउट गराउनु अघि सिंह चितवनका वलर सामु खुलरे खेले । ४८ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाएपछि पोखराको जित सहज देखिदा चितवनका खेलाडी निरास बन्न पुगेका थिए । आजको खेलमा म्यान अफ द म्याच घोषित भएका सिंहले पहिलो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई सहज जित दिलाएका थिए । सिंहले पहिलो खेलमा विराटनगरबीरुद्ध २७ बलमा ४४ रन प्रहार गरेका थिए ।
शरद भेषावकर
कप्तान शरद भेषावकरले सहज जित दिलाउन आक्रमक ब्याटिङ गरे । शक्ति गौचनले रोहित कुमार पौडेललाई १९ रनमा पेभिलिएन फर्काएपछि ब्याटिङ गर्न मैदान छिरेका शरदले १७ औँ ओभरको दोस्रो बलमा करण केसीले आउट गर्नु पुर्वक आक्रमक रुपमा प्रस्तुत भए । मात्र २० बल सामना गरेका उनले समान ३ चौका र छक्का प्रहार गर्दै ३७ रन बनाई पोखराको जित सहज बनाएका थिए । शरद ब्याटिङमा मात्र होइन बलिङमा पनि उत्कृष्ट प्रर्दशन गरे । मात्र एक ओभर बलिङ गरेका उनले मेडन ओभर राख्दै एक विकेट लिए । शरदले हरि संकर शाहलाई ३ रनमा पेभिलिएन फर्काउदै ओपनिङ जोडी ब्रेक गर्दिएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]