default_image

6 years ago

October 29, 2018

रोहितले तोडे सचिनको अर्को रेकर्ड,वेस्ट इन्डिजलाई विशाल लक्ष्य

88 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा विश्फोटक ब्याटम्यान रोहित शर्माले क्रिकेटका भगवान भनेर चिनिने भारतका पुर्व कप्तान सचिन तेन्दुलकरको अर्को रेकर्ड तोडेका छन् ।

भारत र वेस्ट इन्डिजबीचको चौथो वान डे खेलमा १ सय ६२ रन बनाएका रोहितले २० चौका र ४ छक्का प्रहार गरेका थिए । रोहितले आजको खेल प्रहार गरेका सुरुवाती दुई छक्काले सचिनको रेकर्ड तोडेका हुन् । सचिनले वान डे खेलमा कुल १ सय ९५ छक्का प्रहार गरेका छन् । तर रोहितले आज ४ छक्का प्रहार गर्दै आफ्नो वान डे करियर १ सय ९८ छक्का पुर्याएका छन् । सचिनको १ सय ९५ छक्काको रेकर्ड तोड्दै भारतीय वान डे क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी बन्न पुगेका छन् ।

यसअघि रोहितले पहिलो खेलमा १ सय ५२ रन प्रहार गर्दै सर्वाधिक पटक १ सय ५० रन कटाउने भारतीय खेलाडी सचिनको रेकर्ड तोडेका थिए । भारतीय ब्याटम्यानमा वान डे खेलमा सर्वाधिक छक्का प्रहार गर्ने सूचिमा महेन्द्र सिंह धोनीको नाम शिर्ष स्थानमा रहेको छ । धोनीले हाल सम्म २ सय १८ छक्का प्रहार गरि सकेका छन् ।

त्यस्तै अम्बाती रायडुले पनि शतक प्रहार गरेपछि भारतले वेस्ट इन्डिजलाई ३ सय ७८ रनको विशाल लक्ष्य दिएको छ । भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३ सय ७७ रन बनाएको हो । पाँच वान डे क्रिकेट श्रृंखला १– १ बराबरीमा रहेको छ ।

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.